Monday, March 25th, 2019

Author Archives: jeevan_admin

चिसो पानीले नुहाउनुको फाइदा

चिसो पानीले नुहाउदा हामी ताजापन महसुस गछौ । तातो पानीले नुहाउदा रक्त सञ्चार पहिला त उत्तेजित हुन्छ तर पछि मन्द हुँदै जान्छ भने चिसो पानीले नुहाउदा रक्त सञ्चार सुरुमा मन्द हुन्छ तर पछि उत्तेजित हुन्छ । यसको अर्थ तातो पानीको तुलनामा चिसो पानीले नुहाउनु फाइदाजनक हुन्छ । नेदरल्याण्डमा ३०० जना व्यक्तिहरूमा गरिएको एउटा अध्ययन अनुसार जो व्यक्ति चिसो पानीले नुहाउछन् ... Read More »

२०–८० प्रतिशतको नियम

विलफ्रेडो प्यारेटो एक जना इटालियन अर्थशास्त्री थिए । उनी सन् १८९७ मा इंग्ल्याण्डको ध्भबतिज मष्कतचष्दगतष्यल सम्पती वितरण र इन्कमका बारेमा पढीरहेका थिए । उनले यस बारेमा एउटा अनौठो कुरा पत्ता लगाए कि इंग्ल्याण्डको धेरैजसो जग्गा तथा पैसा केही व्यक्तिहरूको हातमा मात्र थियो । वास्तवमा २० प्रतिशत व्यक्तिहरू मात्र ८० प्रतिशत जग्गा तथा पैसाको मालिक थिए । यो कुरा पत्ता लगाए ... Read More »

मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध १ सय ११ जना किसानले चुनाव लड्ने भएका छन् । आगामी लोकसभा चुनावमा बनारस लोकसभा सिटमा मोदीविरुद्ध तमिलनाडुका १ सय ११ जना किसानले चुनाव लड्ने निर्णय गरेका हुन् । किसान नेता पी अयाकन्नूले बनारसका जनतालाई देशका किसान कस्तो हालतमा बाँचिरहेका छन् भन्ने कुरा देखाउन चाहेको बताएका छन् । तमिलनाडुबाट बनारस आएर चुनाव लड्ने निर्णय गरेका १ ... Read More »

‘छपाक’ को फर्स्ट लूक सार्वजनिक

बलिउड अभिनेतृ दीपिका पादुकोणको फिल्म ‘छपाक’ को फर्स्ट लूक सार्वजनिक भएको छ । फिल्म ‘छपाक’ मा दीपिका पादुकोण एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको भूमिकामा निर्वाह गर्नेछिन् । दीपिका पादुकोणले उनको सामाजिक सञ्जालमार्फत फिल्मको फर्स्ट लूक सार्वजनिक गर्दै आजदेखि फिल्मको छायांकन सुरु भएको जानकारी दिएकी छिन् । फिल्म ‘छपाक’ को निर्देशन मेघना गुल्जारले गरिरहेकी छिन् । यो फिल्म एसिड आक्रमणबाट पीडित भारतीय युवती लक्ष्मी अग्रवालको ... Read More »

‘लप्पन छप्पन’को सिक्वेल निर्माण हुने

चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल निर्माण हुने भएको छ । सिक्वेललाई मुकुन्द भट्टले निर्देशन गर्ने पक्का भएको छ । चलचित्र ‘लप्पन छप्पन’ मा काम गरेका प्रायः कलाकारहरु नै सिक्वेलमा दोहोरिने बुझिएको छ । चलचित्रको नाम पनि ‘लप्पन छप्पन २’ राखिएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा दोहोरिने पक्का भएको छ । यस चलचित्रमा अभिनेतृ वर्षा सिवाकोटी भने ... Read More »

विप्लवलाई हतियार बिसाएर वार्तामा आउन चैत महिनासम्मको अल्टिमेटम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् ।  नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले आइतबार संघीय ... Read More »

युरोकप फुटबलको छनोटमा जर्मनीको विजयी सुरुवात

युरोकप फुटबल २०२० को छनोट खेलमा जर्मनीले विजयी सुरुवात गरेको छ । समूह सी मा रहेको जर्मनीले नेदरल्यान्ड्समाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित हात पारेको हो । जर्मनीको जितमा लिरो साने, सर्ज ग्नाब्री र निको स्कुल्जले गोल गरे । यता, नेदरल्यान्ड्सका लागि म्याथिज्स डिलिग्ट र मेम्फिस डेपेले गोल गो गरे । खेलको १५ औं मिनेटमा नै सानेले गोल गर्दै जर्मनीका लागि ... Read More »

नेपाली कामदारले जापानी नागरिक सरह पारिश्रमिक पाउने

नेपाली कामदार रोजगारीका लागि जापान पठाउन गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, ... Read More »

विप्लवका कोशी व्युरो इञ्चार्ज सहित २ जना पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेका हुन् । श्रेष्ठ र शर्मा पक्राउ परेको प्रहरीले भने पुष्टि गरेको छैन । र, यसको विस्तृत विवरण पनि आउन बाँकी छ । यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ ... Read More »

विद्युत् विस्तार परियोजनामा अनियमितता गर्ने १३ विरुद्ध मुद्दा दायर

भोजपुर जिल्लाको उत्तरी दिङ्लाको विद्युत् विस्तार परियोजनामा अनियमितताको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १३ विरुद्ध मुद्दा दायर गरेको छ । आयोजनामा संलग्न वडाध्यक्ष, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १३ विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष ०७३/७४ मा जिल्लाको षडानन्द नगरपालिकाको साविक वडा नं. ५ र ६ मा ५८ लाख ७० हजार लागतको ... Read More »