Friday, February 21st, 2020

Author Archives: jeevan_admin

राजनीतिमा आज

– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । – प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक ... Read More »

विदेशमा आज

– नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । भारतको अमालुर नजिकै भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । भारतको सलिम बैंलुरु राष्ट्रिय राजमार्गमा बुधबार राति दुर्घटना भएको बताइएको छ । अधिकारीहरुले जनाए अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन्। तीर्थ यात्राका लागि हिँडेको उक्त बसमा ३४ यात्रु सवार थिए । उनीहरू नेपालको सुनसरीबाट २३ माघमा ... Read More »

आर्थिक/बिजनेश

– सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनुपर्नेमा जोड दिएका छन् । गौरवका आयोजना धेरै भएको, तिनको कार्यान्वयन हुन नसकेकोलगायत कारणले संख्या घटाई चुस्त कार्यान्वयन गर्नुपर्ने उनीहरूको धारणा छ । बुधबार संसद्को अर्थ समितिमा सहभागी सांसदले मुलुकका लागि ‘गेम चेन्जर’ आयोजनालाई मात्रै राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राख्नुपर्ने बताए । – राजमार्गमा सञ्चालित प्रायः होटल सरकारी मापदण्डबाहिर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण ... Read More »

खेलकुद

– इटालियन क्लब एटलान्टाले युरोपियन च्याम्पियन्स लिगको डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शनलाई कायम राख्दा अन्तिम १६ को पहिलो लेगमा भ्यालेन्सियामाथि शानदार जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको पहिलो लेगमा एटलान्टाले स्पानिस क्लब भ्यालेन्सियालाई ४-१ ले हरायो । – युरोपियन च्याम्पियन्स लिगको साविक उपविजेता टोटनहम हट्सपर अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग घरेलु मैदानमै पराजित ... Read More »

हतारको फल (प्रेरक कथा)

एकजना गरिब युवक आफ्नो गरिबी देखि वाक्क भएर आत्महत्या गर्नका लागि नदीमा हाम्फाल्न भनेर गयो । उसले त्यसो गर्न लागेको देखेर एकजना साधुले रोके । साधुले युवकको समस्या सुने पछि भने ‘म सँग एउटा यस्तो विद्या छ, जस बाट चमत्कारी माटोको घैटा बनाउन सकिन्छ । त्यो चमत्कारी घैटाबाट तिमीलाई जे चाहन्छौ त्यो पुरा हुन सक्छ । तर जुन दिन त्यो ... Read More »

आर्थिक/बिजनेश

– नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ। बुधबार सुन तोलाको ७७ हजार १ सय कायम गरिएको छ । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो । मंगलबारको तुलनामा आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदी तोलाको ९०५ कायम गरिएको छ । चाँदी तोलामा १५ रुपैयाँमा वृद्धि भएको ... Read More »

विदेशमा आज

– कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट चीनमा ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। बुधबार बिहानको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २,००७ पुगेको हो। चिनियाँ सञ्चार माध्यमकाअनुसार चीनमा मात्रै हालसम्म भाइरसबाट ७४,२७९ जना संक्रमित भएको पुष्टि भएको छ। त्यस्तै चीनभन्दा बाहिर अन्य देशमा ९०५ जना भाइरसबाट संक्रमित भएको बताइएको छ। – अष्ट्रेलिया मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई साना विमानहरू एकआपसमा ठोक्किएको छ ... Read More »

खेलकुद

– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले इन्स्टाग्राममा रेकर्ड बनाएका छन् । उनी इन्स्टाग्राममा ५० मिलियन फलोअर हुने पहिलो भारतीय सेलिब्रिटी बनेका छन्। इन्स्टाग्राम फलोअरको सवालमा कोहलीले बलिउड अभिनेत्री प्रियंका चोपड़ालाई पछाडि पारेका छन् । प्रियंका इन्स्टाग्राममा ४९।९ मिलियन फलोअर्ससहित दोस्रो स्थानमा छिन्। २०२० को सुरुमा प्रियंका चोपडाको इन्स्टाग्राम फलोअर्स विराट कोहलीकोभन्दा बढी थिए। – रियल मड्रिडमा खेलाडीको रुपमा प्रस्तुत ... Read More »

सफलताको रहस्य (प्रेरक कथा)

एक पटक एउटा असफल व्यक्ति सफल व्यक्ति कहाँ पुग्यो । त्यस सफल व्यक्तिको विशेष कुरा के थियो भने उसले जुन काम हातमा लिन्थ्यो, सफल भएरै छोड्थ्यो । असफल व्यक्तिले भन्यो ‘तपाईको सफलताको रहस्य के हो किनकि म पनि सफल हुन चाहन्छु ।’ सफल व्यक्तिले मुस्कुराउदै भन्यो, ‘मैले असफल व्यक्तिबाट नै सफल हुन सिकेको हो ।’ असफल व्यक्ति छक्क प¥यो कि ... Read More »

आर्थिक/बिजनेश

– आर्थिक वर्षको ५ महिना बाँकी छँदै काठमाडौं–तराई मधेस द्रुतमार्गको पूरै बजेट खर्च गर्न नसकिने रक्षा मन्त्रालयले जनाएको छ । अन्य गौरवका आयोजनाको तुलनामा बढी प्रगति भइरहेको यो आयोजनाका लागि छुट्याइएको १५ अर्ब रुपैयाँमध्ये ७ अर्ब मात्र खर्च गर्न सकिने मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताए । – एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा नेपालमा सञ्चालित परियोजनामा गत वर्ष हालसम्मकै धेरै खर्च भएको ... Read More »