Friday, February 21st, 2020

Author Archives: jeevan_admin

खेलकुद

– म्यानचेस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेको चेल्सीसँगको दूरी चार अंकमा छोट्याएको छ । उसले यसका लागि स्टायनफोर्ड ब्रिजमा भएको खेलमा २–० को जित निकाल्यो । – पर्साको बढनिहारमा जारी पर्सा गोल्डकप अन्तर्गत सोमबारको खेलमा नेपाल खेलकुद क्लव चपुर विजयी भएको छ । एम्पायरको निर्णयप्रति असहमति जनाउँदै एफसी सिमरा युनाइटेडले सोमबारको खेल बहिष्कार गर्यो । सिमराले ... Read More »

किसानको रहस्य (प्रेरक कथा)

एक जना किसान निकै उत्कृष्ट गुणस्तरको मकै फलाउथे। हरेक वर्ष उनले फलाएको मकैले कृषि मेलामा पुरस्कार पाउने गथ्र्यो । एक पटक एक जना पत्रकार उनको सफलताको रहस्य थाहा पाउन उनको गाउँ गयो । त्यहाँ पत्रकारले अरु मानिसहरुबाट थाहा पाए कि किसानले उत्कृष्ट मकै फलाउने मात्र होइन, वरिपरिका किसानलाई उन्नत बीउ बाड्ने पनि गर्छन् । त्यो सुनेर पत्रकार झन् छक्क परे ... Read More »

आजको दुर्घटना तथा अपराध

– काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार छन् । – डिभिजन वन कार्यालय, नुवाकोटले १ गाडी अवैध काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ । विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८, राइसिंहतर्फ आउँदै ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– ‘बीग बोस–१३’को उपाधि सिद्धार्थ शुक्लाले जितेका छन् । उपाधिसँगै सिद्धार्थले ५० लाख पुरस्कार र कार समेत जितेका छन् । यो शो करिब साढे ४ महिनासम्म चलेको थियो । जसको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए । अन्तिम ६ बाट सबैभन्दा पहिला बाहिरिएका थिए, पारस छावडा । उनले नगद १० लाख रुपैयाँ लिएर शो छाडेका थिए । अन्तिम २ मा ... Read More »

राजनीतिमा आज

– प्रधानमन्त्री केपी ओली झापा गएका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री आइतबार झापा गएका हुन्। भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरे। – उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा ... Read More »

आर्थिक/बिजनेश

– प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूले ठेक्का ओगटेर बस्ने प्रवृत्ति हाबी हुँदा पुँजीगत खर्च गर्न नसकिएको बताए । एउटै ठेकेदारलाई ५० वटाभन्दा बढी ठेक्का दिइएकाले काम छिटो हुन नसकेको उनले बताए । काम सुरु नहुँदै २० प्रतिशत अग्रिम भुक्तानी दिने विगतको गलत नीति आफ्नो सरकारले सच्याइएको उनले बताए । – नागढुंगा–नौबिसे–मुग्लिङ सडकमा तीव्र गतिमा गाडी गुडाउन मिल्ने गरी स्तरोन्नति गर्न भन्दै विस्तृत सम्भाव्यता ... Read More »

विदेशमा आज

– संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिवान अस्थायी युद्धविराम गर्न सहमत भएका छन् । दुई पक्षबीच सात दिन युद्धविराम गर्ने सहमति भएको हो । सहमतिअनुसार दुवै पक्षले अफगानिस्तानभर एक साता हिंसात्मक गतिविधि गर्ने छैनन् । तालिवानले अलकायदा जस्ता समूहलाई आश्रयस्थल उपलब्ध नगराउने र अमेरिकाले आफ्ना सेना फिर्ता लान समयसीमा तोक्नेबारे पनि सहमति भएको उल्लेख छ । – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट चीनमा ... Read More »

खेलकुद

– साडियो मानेले गरेको एक मात्र गोलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटामाथि २५ अंकको अग्रता बनाएको छ । शनिवार राति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हरायो । – साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ... Read More »

दृष्टिकोण (प्रेरक कथा)

एकपटक एकजना धनी व्यक्तिले आफ्नो छोरालाई एउटा गाउँमा घुमाउन लगे । उनी आफ्ना छोरालाई हामी धनी तथा सुखी छौ तथा गाउँका मानिसहरू हामी भन्दा कति गरिब छन् भन्ने कुरा बुझाउन चाहन्थे । उनीहरूले केही दिन किसानकोमा बिताए र घर फर्के । घर फर्किने क्रममा धनी व्यक्तिले भने, ‘देखिस् छोरा मानिसहरू कति गरिब छन् र हामी कति धेरै धनी र सुखी ... Read More »

लामो जीवन जिउने सरल उपाय

लामो र स्वस्थ जीवन जिउनु हरेक व्यक्तिको चाहना हुन्छ । हिजोआजको प्रदूषण, अस्वस्थ जीवनशैली र खराब खानपानका कारण हाम्रो आयु हाम्रो पुर्खाको भन्दा घट्दै गई रहेको छ । आजको समयमा हामी आफै आफ्नो शत्रु बनेका छौ । यदि हामीले हाम्रो खानपान, जीवनशैली र आफ्ना आदतहरूमा सुधार ग¥यौ भने हामी पनि लामो आयु प्राप्त गर्न सक्छौ । यसका लागि निम्न कुराहरुमा ... Read More »