Tuesday, September 22nd, 2020

Author Archives: jeevan_admin

साइकल कुदाउनुको दुर्लभ फाइदाहरू

यदि तपाई ५० वर्ष पछि पनि जवान र स्वस्थ हुन चाहनुहुन्छ भने साइकल कुदाउनु तपाई लागि उत्कृष्ट व्यायाम हुन सक्छ । हिजोआज बढ्दो आधुनिकता सँगै मानिसहरू बाइक, स्कूटी, कारमा हिँड्न मन पराउँछन् । यस सँगै साइकल बिस्तारै लोप हुँदैछ । साइकल कुदाउनु राम्रो व्यायाम हो । आजको जीवनशैलीमा साइकल कुदाउनु निकै फाइदाजनक हुन सक्छ । यसका फाइदाहरू यसप्रकार छन् । ... Read More »

खेलकुद

– विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् । – विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरियतामा ... Read More »

धनी र गरीबको मानसिकतालाई प्रष्ट पार्ने प्रसिद्ध लेखक ‘रोबर्ट कियोसाकी’

रोबर्ट कियोसाकी एक प्रसिद्ध उद्यमी, लगानीकर्ता तथा लेखक हुन् । उनको पुस्तक रिच ड्याड पुअर ड्याड संसारका प्रसिद्ध पुस्तकहरुमध्ये एक हो । उक्त पुस्तक विश्वका ५१ भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ । रोबर्टको जन्म सन् १९४७ अप्रिल ८ मा हिलो, हवाईमा भएको थियो । सन् १९६५ मा स्नातक डिग्री पास गरे पछि उनी नेवीमा गए । उनले न्यूयोर्कमा यूनाइटेड ... Read More »

सिकार (प्रेरक कथा)

धेरै पहिला एउटा जङ्गलमा दुईवटा बाघ बस्थे । त्यहाँ हरिणको संख्या धेरै थियो । त्यसैले उनीहरू आरामले आ–आफ्नो क्षेत्रका हरिण मारेर खाई जीवन बिताई रहेका थिए । महिनाको अन्तिममा दुवै बाघ एक अर्का सँग भेटेर आ–आफ्नो कुरा सुनाउने गर्थे । यस्तै एकपटकको भेटमा पहिलो बाघले खुसी हुँदै भन्यो, ‘म सोच्दैछु, अब मैले बँदेलको सिकार गर्न सिक्नु पर्छ ।’ दोस्रो बाघले ... Read More »

मनोरञ्जन/फिल्मी खबर

– नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको ... Read More »

राजनीतिमा आज

– निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिइएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले ... Read More »

टोमेटो चिकन

सामाग्रीः १ केजी कुखुराको मासु, १० वटा गोलभेडाको प्यूरी, ३ ठूलो चम्चा घिउ, २ ठूलो चम्चा भुटेको प्याज, १ सानो चम्चा अदुवाको पेस्ट, १ सानो चम्चा लसुनको पेस्ट, १/२ सानो चम्चा बेसार, १/२ सानो चम्चा धुलो खोर्सानी, १ सानो चम्चा हरियो खोर्सानी मसिनो काटेको, धनियाँको पत्ता मसिनो काटेको, नून स्वादानुसार तेल आदि । विधिः– सर्वप्रथम मध्यम आँचमा प्यानमा तेल तताउनुहोस् ... Read More »

आजको दुर्घटना तथा अपराध

– विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो । – बाँकेमा २० वर्ष कैद सजाए सुनाइएका व्यक्ति ... Read More »

ब्रश गर्दा ध्यान दिनुपर्ने कुराहरु

स्वस्थ दाँतका लागि दिनहुँ ब्रसले दाँत माझ्नु अनिवार्य हुन्छ । तर धेरैजसो व्यक्तिलाई ब्रस गर्ने सही तरिका थाहा हुँदैन । एक अध्ययन अनुसार १० मध्ये एक व्यक्तिलाई मात्र सही तरिकाले दाँत माझ्न आउँछ । प्रायः मानिसहरू ब्रसले दाँत माझ्दा निम्न गल्तीहरू गर्न पुग्छन् । गलत टुथब्रश प्रयोग कतिपय मानिसहरूलाई दाँत माझ्ने उपयुक्त टुथब्रश कुन हो भनेर थाहै हुँदैन । टुथब्रश ... Read More »

आर्थिक/बिजनेश

– गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका छन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् । – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी ... Read More »

PHP Code Snippets Powered By : XYZScripts.com