Wednesday, December 12th, 2018
आइकिया (प्रेरक कथा)

आइकिया (प्रेरक कथा)

संसारको सबैभन्दा ठुलो फर्निचर ब्राण्ड हो । ६० भन्दा बढी देशहरुमा ३०० भन्दा बढी आइकिया खुद्रा बिक्री केन्द्रहरु रहेका छन् । लगभग ५ करोड ग्राहकहरु वर्षेनी आइकिया रिटेल स्टोरहरुमा पुग्ने गर्छन् । तयारी फर्निचर बाहेक होम एप्लायसेन्स, सानो मोटर गाडी र घर सजावटका सामानका लागि प्रसिद्ध आइकियालाई विश्व भरीका टप सय ब्राण्डहरुमा समावेश गर्न सकिन्छ । यस्तो प्रसिद्ध ब्राण्डको जग राख्ने व्यक्ति इंगवर केमप्राड हुन् । उनी एक साधारण किसानका छोरा थिए । उनले यस विशाल व्यवसायको सपना सत्र वर्षको उमेरमै देखेर मेहनत गर्न सुरु गरेका थिए ।स्कुलमा पढ्ने क्रममा पनि इंगवर छुट्टी हुना साथ आफ्नो साइकलमा घर घरमा सामान बेच्न निस्की हाल्थे । त्यो नै सुरुवाती पाइला थियो, आजको ग्लोबल ब्राण्ड आइकियाको । सानै छँदा सत्र वर्षको उमेरमा बुवाले दिएको उपहार १ डलर बाट नै आज इंगवरले २२५ करोड डलरको सम्पति बनाएर स्वीडेनका चौधौं सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

इंगवरका बुवा आफ्नो छोराले राम्रो शिक्षा प्राप्त गरून् भन्ने चाहन्थे तर इंगवर सानै देखि धनी बन्ने सपना देख्न थाले । स्कुलका सँगैका साथीहरु छुट्टी हुना साथ खेल्न कुद्थे भने उनी साइकलमा चढेर घर घर सामान बेच्न कुद्थे । उनका ग्राहकहरु ती व्यक्ति थिए, जो बजारबाट टाढा थिए । घरायसी सामान घर घरमा डेलिभरी गर्ने इंगवरको सेवाका कारण ग्राहकहरु बजार आउन जानको झंझटबाट बच्थे र उनीहरुले छुट सहितको सामान पाउँथे । बजार भाउ भन्दा सस्तो मूल्यमा सामान बेचेर पनि मुनाफा कमाउनका लागि उनी टाढा टाढाको थोक बजार जाने गर्थे । ग्राहकहरुको मागमा उनी माछा, सजावटका सामानहरु, बीउ आदि होम डेलिभरी गर्थे । उनले आफ्नै स्कुलमा पनि पेन्सिल तथा पेनहरु पनि बेचे र सानैमा व्यवसायको पहिलो मंत्र कम लागतमा सामान किनेर कम मुनाफामा बेच र बढी बेचेर कमाउ भन्ने कुरा सिके ।

सत्र वर्षको उमेरमा राम्रो अंक ल्याई उत्तीर्ण हुँदा उनका बुवाले उनलाई एक डलर पुरस्कार दिएका थिए । पछि त्यसैबाट जोडेको आफ्नो कमाइले उनले आफ्नो नामको पहिलो अक्षरबाट घरको गोठमा दुई वर्गमीटरको एउटा आइकिया जनरल स्टोर
खोले । त्यहाँ उनी थैली, फोटो फ्रेम, नक्कली गहना, पेन, पेन्सिल आदि बेच्थे । पसल खोले पनि उनले सेल्स कल द्धारा पुराना ग्राहक सँग पनि सम्बन्ध बनाई राखे ।

ग्राहकले जे माग्यो, त्यो छुटमा पाउनु पर्छ भन्ने मान्यता राख्ने इंगवरले चार वर्ष मै आफ्नो स्टोर यति बढाए कि उनी फर्निचर पनि बेच्न थाले । फर्निचर सस्तो मूल्यमा बेच्नका लागि इंगवरले ग्राहकले भनेको डिजाइन लोकल कार्पेन्टर सँग बनाउन लगाए । उनले यस्तो फर्निचर पनि बनाउन लगाए, जुन ग्राहकले कारमा प्याक गरेर घर लगी आफै जोडेर प्रयोग गर्न सक्थे । यस्तो फर्निचर यति धेरै बिक्री भयो कि इंगवरले अरु सामान पसलबाट हटाउनु प¥यो । त्यसपछि इंगवरले आइकिया स्टोरको विशाल श्रृंखलाको सपना बनाए, जुन पचासको दशकमा एकदमै नयाँ सोच थियो । त्यसबेला आजको जस्तो बजारको विकास भएको थिएन ।

लीकबाट हटेर सोच्ने र गर्ने इंगवरले १९८९ मा स्वीडेन, नर्वे, डेनमार्क, जर्मनी, जापान, सिंगापुर, हंगकङ, फ्रान्स, अमेरिका तथा अन्य थुप्रै देशहरुमा आइकिया रिटेल स्टोर खोले । उनले कम मूल्यमा सामान उपलब्ध गराउन विकासशील देशहरुमा फर्निचर उत्पादन गराए, जहाँ कच्चा माल र मानव श्रम सस्तो थियो । त्यसका साथै उनी ग्राहक सँग सिधा सम्बन्ध बनाउनमा जोड दिन्थे ।

 

Share This: