Wednesday, December 12th, 2018
केराको अनौठो उपयोगीता

केराको अनौठो उपयोगीता

केरा हाम्रो स्वास्थ्यका लागि मात्र होइन, हाम्रो छाला, कपाल तथा अन्य घरायसी काममा पनि निकै उपयोगी छ । केराको स्वास्थ्य सम्बन्धी फाइदाहरू हामी सबैलाई थाहा छ तर केराका थुप्रै यस्ता फाइदाहरू पनि छन् जसको बारेमा हामी अन्जान छौ । त्यसैले केराको त्यस्तो उपयोगीताका बारेमा केही कुरा जानी राखौ ।

– केराले तनाव कम गर्न मद्धत गर्छ । यसमा ट्राइप्टोफान नामको एमिनो एसिड पाइन्छ जसले मुड फ्रेस बनाउँछ । तनाव बाट पीडित व्यक्तिले केरा खादा राम्रो महसुस गर्छ ।

– केराले जुता, लेदर र चाँदीमा पोलिश गर्न सकिन्छ । केराको बोक्रा जुत्ता, छालाको सामान वा चाँदीको सामानमा दल्नाले चम्किलो हुन्छ ।

– हरेक दिन ब्रश गरी सके पछि केराको बोक्रा दाँतमा दल्नाले दाँत चम्किलो हुने गर्छ ।

– हामीले केरा खानाको रुपमा मात्र प्रयोग गरेका छौ । यसको प्रयोग छालालाई स्वस्थ र चम्किलो बनाउन पनि गर्न सकिन्छ । केरामा भिटामीन सी, ए, पोटाशियम, क्याल्शियम, फस्फोरस र कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ, जसले छालालाई विभिन्न तरिकाबाट फाइदा पु¥याउँछ ।

– केरा एउटा स्वादिलो फल मात्र नभई यो एउटा राम्रो मोइश्चराइजर पनि हो । घरमा केराको फेसप्याक बनाउनका लागि चार भागको एक भाग पाकेको केरामा मह एक चम्चा र आधी चम्चा दही मिसाउनुहोस् । त्यसपछि अनुहारमा फेसप्याक लगाउनुहोस् । लगभग दस देखि पन्ध्र मिनेट पछि मनतातो पानीले अनुहार सफा गर्नुहोस् ।

– लगातार कपाल रंग्याउँदा केमिकलबाट बिग्रेको कपालको गुणस्तर केराले ठिक पार्छ । भिटामीन बी र सीको राम्रो स्रोत भएकोले गर्दा केराले कपाललाई पोषण प्रदान गर्छ । केरामा भएको पोटाशियमले कपाल नरम बनाउँछ । यदि कपाल निकै रुखो छ भने एउटा केरा, एक चम्चा ग्लिसरीन वा मह मिसाइ प्याक बनाइ कपालमा लगाउनुहोस् ।

– आगोले पोलेको ठाँउमा केरा दल्दा पोलेको कम हुन्छ । केरा यसको बोक्राको कारण प्राकृतिक रुपमा शुद्ध र संक्रमण रहित हुन्छ । राम्रो सँग पाकेको केराको गुदी पोलेको ठाँउमा दलेर पट्टी बाध्नुहोस, यसबाट आराम मिल्नेछ ।

– कुर्कुच्चा फुटेको पनि केराले ठिक पार्छ । सर्वप्रथम तातो पानीमा खुट्टा डुबाई प्युभिक स्टोनले सफा गरी केरा र नरिवलको तेलको प्याक बनाइ दल्नु पर्छ र केही बेर पछि पखाल्नुहोस् । नरिवल र केरा चिल्लो र भिटामीन युक्त हुन्छ र खुट्टा नरम राख्न मद्धत गर्छ ।

– प्रायः हात तथा पाइलामा खिल आउने गर्छ । यो हटाउन पनि केरा लाभदायक हुन्छ । खिल भएको ठाँउमा केराको बोक्रा दली रातभरि त्यतिकै छोड्नु पर्छ । यसबाट खिल आउने समस्या हराएर जान्छ ।

Share This: