Wednesday, December 12th, 2018
जाडोको स्टाइलिश ज्याकेटहरु (फेशन)

जाडोको स्टाइलिश ज्याकेटहरु (फेशन)

फेशनले पुरुषहरुको जीवनमा पनि निकै महत्व राख्छ । महिलाको तुलनामा पुरुषहरुले लगाउने लुगाहरुको भेरायटी कम भए पनि पुरुषहरुको लुगाले पनि फेशन जगतमा निकै हलचल ल्याउने गर्छ । हिजो आज महिलाहरु सरह पुरुषहरु पनि फेशन कन्सियस बन्दै गइररहेका छन् । उनीहरु पनि नयाँ नयाँ आउटफिट लगाउन मन पराउँछन् ।

यस पटकको जाडोमा लेदरको ज्याकेट लगाएर पुरुषहरु स्टाइलिश देखिनुका साथै न्यानोपन महसुस गर्न सक्नेछन् । त्यसैले यसपटक पुरुषका लागि डिजाइन गरिएका शानदार ज्याकेटका बारेमा जानकारी लिई राखौ, जसले जाडोबाट बचाउनुका साथै व्यक्तित्वमा पनि निखार ल्याउनेछ ।

पारका ज्याकेट

कठाङ्ग्रिने जाडोमा यो ज्याकेट गजबको हुन्छ । ओभरकोट स्टाइलको बनावट साथै बाध्ने बेल्टले यो ज्याकेटलाई निकै स्टाइलिश बनाउँछ । रफ एण्ड टफ बनावटका कारण यो ज्याकेट आर्मी ब्याकग्राउण्डका व्यक्तिका लागि अनिवार्य आउटवेयर हो । यति मात्र होइन ःष्ग mष्ग जस्तो लेबलका कारण यो ज्याकेट यात्राका क्रममा पनि निकै उपयुक्त हुन्छ ।

क्विल्टेड ज्याकेट

एकदमै न्यानोपनका लागि चिनिने क्विल्टेड ज्याकेट सिरक बुने जस्तै गरेर तयार पारिएको हुन्छ र यो सिरक जतिकै न्यानो पनि हुन्छ । न्यानो र इन्सुलेटिङ म्याटेरियलबाट बनिएको यो ज्याकेट निकै हलुका र आरामदायक हुन्छ साथै यसले निकै स्टाइलिश पनि देखाउनेछ ।

लाइट ज्याकेट

फ्लाइट ज्याकेट १९४० देखि नै फेशनमा छ । मिलिट्र«ी यूनिफर्मको रुपमा सुरु देखि नै यो फेशनमा छ । यसको रफ एण्ड टफ बनावट र परफेक्ट फिटिङका कारण यो विशेष छ । पुरुषहरुलाई यसले निकै फेशनेबल देखाउनेछ ।

वेरसिटी ज्याकेट

परम्परागत लुक दिने वेरसिटी ज्याकेट हाल निकै ट्र«ेन्डमा छ । यसको बनावट बाइकर ज्याकेट बाट प्रेरित रहेको छ तर पनि यसले निकै न्यानोपन दिनेछ । यो ज्याकेट मोटो ऊन वा ट्वीडबाट बनिएको हुन्छ । जसले जाडोमा निकै तातो राख्नेछ । यो ज्याकेट जिन्स वा स्नीकर्स सँग लगाउन सकिनेछ ।

Share This: