Wednesday, December 12th, 2018
व्यवाहारिकता (प्रेरक कथा)

व्यवाहारिकता (प्रेरक कथा)

गौतम बुद्धको प्रवचनमा एउटा व्यक्ति दिनहुँ आउने गथ्र्यो । उ सँधै ध्यान दिएर बुद्धको कुरा सुन्ने गथ्र्यो । बुद्ध आफ्नो प्रवचनमा लोभ, मोह, ईष्र्या र अहंकार छोड्ने कुरा सिकाउँथे । एक दिन उक्त व्यक्तिले बुद्ध नजिक आएर भन्यो ‘म लगभग एक महिना देखि हजुरको प्रवचन सुनीरहेको छु तर ममा यसको कुनै असर भइरहेको छैन । यसको कारण के होला ? के ममा कुनै कमी छ ?’

बुद्धले मुस्कुराउँदै भने, तपाईँ कहाँ देखि आउनु भयो ? व्यक्तिले भन्यो ‘श्रावस्ती’ बुद्धले सोधे ‘श्रावस्ती यहाँबाट कति टाढा छ ?’ व्यक्तिले दुरि बतायो । बुद्धले फेरि सोधे, तिमी त्यहाँ सम्म कसरी जान्छौ ? व्यक्तिले जवाफ दियो, ‘म कहिले घोडामा त कहिले गोरुगाडीमा चढेर जान्छु ।’ बुद्धले भने गाँउ पुग्न तिमीलाई कति समय लाग्छ ? उसले हिसाब गरेर भन्यो । बुद्धले भने, के तिमी यहाँ बसी बसी तिम्रो गाँउ पुग्न सक्छौ ? व्यक्तिले छक्क पर्दै भन्यो, ‘म यहाँ बसी बसी कसरी त्यहाँ पुग्न सक्छु र ? त्यहाँ पुग्न कि त हिडं्नु प¥यो कि त वाहनमा चढ्नुपर्छ ।’ बुद्धले भने, ‘तिमीले सही कुरा ग¥यौ, हिडेर मात्र कुनै लक्ष्य सम्म पुग्न सकिन्छ । त्यसै गरी राम्रो कुराको प्रभाव त्यसबेला पर्छ जब हामी त्यसलाई आफ्नो जीवनमा उतार्ने गर्छौ र त्यस्तै व्यवाहार अपनाउँछौ । कुनै पनि ज्ञान त्यसबेला मात्र सार्थक हुन्छ, जब त्यसलाई व्यवाहारिक जीवनमा उतारिन्छ । मात्र प्रवचन सुनेर वा अध्ययन गरेर केही हुँदैन ।’ त्यसपछि उक्त व्यक्तिले भन्यो, ‘अब मलाई मेरो गल्ती थाहा भयो । म आज बाट नै हजुरले भनेको मार्गमा हिड्नेछु ।

Share This: