Wednesday, December 12th, 2018
सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीमा सलमान पहिलो नम्बरमा

सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीमा सलमान पहिलो नम्बरमा

फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो ।

यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् ।

यस्तै, नायक अक्षय कुमार सर्वाधिक कमाई गर्ने बलिउडकर्मीको दोश्रो स्थानमा छन् । उनले १८५ करोड कमाई गरेको फोर्ब्समा उल्लेख छ । अक्षयले पनि चलचित्र, विज्ञापनबाट बढी रकम कमाएका छन् ।

नायिकाहरुमा दिपिका पादुकोणबाट टप १० मा परेकी छिन् । दीपिकाले १२२ करोड कमाई गरेकी छिन् । यो सूचीमा आमिर खान, अमिताभ बच्चन पनि छन् । नायक साहरुख खान भने सर्वाधिक कमाई गर्ने सूचीको टप १० मा परेका छैनन् ।

Share This: