Wednesday, December 12th, 2018
राष्ट्रपति भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीको २४ औं सम्मेलनमा भाग लिई बिहीबार बिहान स्वदेश फर्किएकी हुन् ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट हुने नकारात्मक असर न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढने विषयमा गम्भीर छलफल गर्नु भ्रमण दलका संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विमानस्थलमा पत्रकार सम्मेलन गरी उनले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुखहरुसँग पनि राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनिकरण गर्ने विषयमा औपचारिक÷अनौपचारिक छलफल गर्नु भएको पनि बताए ।

सम्मेलनकै अवसर पारेर राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडासँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेट दुवै मुुलुकबीचको सम्बन्ध विस्तार गर्न फलदायी भएको पनि मन्त्री बस्नेतले जानकारी दिए ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले पोल्याण्डमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेकी थिइन् । पोल्याण्डको कातोबीजेमा मंसिर १६ गतेदेखि सुरु भएको सो सम्मेलन आगामी मंसिर २८ गते सम्पन्न हुनेछ ।

राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेर स्वदेश फर्किएकी हुन् । सम्मेलनमा १ सय ९६ मुलुकका प्रतिनिधिहरु सहभागी भएका थिए ।

Share This: