Wednesday, January 23rd, 2019
टी–२० स्मासमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा

टी–२० स्मासमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा

थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ ।

तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो ।

नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

Share This: