Wednesday, January 23rd, 2019
सफलताको संभावना (प्रेरक कथा)

सफलताको संभावना (प्रेरक कथा)

एक पटक एउटा साबुन बनाउने कम्पनीले आप्mनो साबुनको बिक्री बढाउनका लागि कम्पनीको ब्रान्च खोल्ने तयारी ग¥यो । कम्पनीले त्यसका लागि केही स्थानहरुमा आप्mनो कर्मचारी पठाएर संभावनाका बारेमा अध्ययन गर्न लगायो । दुवै कर्मचारीहरु त्यस्तो स्थानमा पुगे, जहाँ मानिसहरु पहिला देखि नै दैनिक साबुनको प्रयोग गर्थे र थुप्रै साबुन बनाउने कम्पनीहरु त्यहाँ स्थापित भईसकेका थिए । दुवै कर्मचारीहरुले आ–आप्mनै तरिकाले त्यहाँको अध्ययन गरे र रिपोर्ट कम्पनीमा बुझाए ।

पहिलो कर्मचारीले आप्mनो रिपोर्टमा लेखेको थियो, ‘यहाँ थुप्रै साबुन कम्पनीहरु पहिला देखि नै स्थापित भई सकेका छन् । जसले यहाँका मानिसहरुको माग पूर्ति गरिरहेको छ । साबुन कम्पनीहरुमा निकै प्रतिस्पर्धा छ । मेरो विचारमा त्यहाँ कम्पनी खोल्दा घाटा हुनेछ ।’ अब मालिकले दोस्रो कर्मचारकिो रिपोर्ट पढे । उसको रिपोर्टमा लेखिएको थियो कि यहाँका सबै मानिसहरु दैनिक निकै साबुन प्रयोग गर्छन् । साबुन बिक्ने यहाँ धेरै संभावना छ । त्यसैले दिनहुँ यहाँ नयाँ नयाँ साबुन कम्पनीहरु खुलिरहेका छन् । यदि हाम्रो कम्पनीले राम्रो क्वालिटीको साबुन बनाएर यहाँ बेच्ने हो भने थुप्रै बिक्री हुने थियो र कम्पनीलाई फाइदा हुने थियो । कम्पनीका मालिकलाई दोस्रो कर्मचारीको रिपोर्ट मन प¥यो । उसले त्यहाँ नयाँ ब्रान्च खोल्यो र राम्रो क्वालिटीको साबुन बनायो, जुन मानिसहरुले निकै मन पराए । यसबाट कम्पनीको सबै साबुन बिक्न थाल्यो र कम्पनीले मुनाफा कमायो ।

यस कथाबाट थाहा हुन आउँछ कि संभावना जताततै छ । आवश्यकता छ त मात्र संभावनाको खोजीको । यदि कुनै व्यक्तिले चाहन्छ भने जुनसुकै परिस्थितिमा पनि सफल हुने संभावना उपलब्ध हुन्छ । सानै देखि हामी भित्र थुप्रै संभावना रहेको हुन्छ । तर निर्णय तपाइको हुन्छ कि के बन्ने ? त्यसैले कठिन परिश्रम गरी संभावनामा वृद्धि गर्नुहोस् ।

Share This: