Wednesday, January 23rd, 2019
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडद्धारा टोटनह्याम पराजित

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडद्धारा टोटनह्याम पराजित

म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले टोटनह्यामलाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । उनकै गोलमा युनाइटेडले संघर्षपूर्ण जित निकालेको हो ।

४४औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको म्यान्चेस्टर युनाइटेडले दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित निकाल्न सफल भयो ।

जितसँगै म्यान्चेस्टर युनाइटेडले २२ खेलबाट ४१ अंक बनाएको छ । युनाइटेड लिगको छैटौ स्थानमा छ । यता टोटनह्याम भने युनाइटेडसँग पराजित मात्रै भएन लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमायो ।

Share This: