Wednesday, January 23rd, 2019
अमूल्य आँखाको उचित हेरचाह (स्वास्थ्य)

अमूल्य आँखाको उचित हेरचाह (स्वास्थ्य)

आँखा हाम्रो लागि अमूल्य छ । आँखाबाट हामी प्राकृतिक दृश्यको मजा लिने गर्छाै । आँखा बिना यो सुन्दर संसारको अवलोकन सम्भव छैन । त्यसैले यसको हेरविचार गर्नु अनिवार्य छ । यदि हामीले राम्रो सँग आँखाको हेरविचार ग¥यौ भने केही हद सम्म आँखाको समस्याबाट छुट्कारा पाउन सकिन्छ । राम्रो खानपान, भिटामीन ए युक्त आहार र केही अन्य कुराहरु ध्यानमा राखेर हामी आफ्नो आँखाको सुन्दरता कायम राख्न सक्छौ । तल केही यस्ता टिप्स दिइएका छन्, जसबाट आँखाको राम्रो सँग ख्याल राख्न सकिन्छ ।

आँखाको सरसफाईः आँखा स्वस्थ राख्नका लागि यसको सरसफाई अत्यन्त आवश्यक छ । कैयौ पटक आँखा पोल्ने, बिझाउने, आँखामा पानी रसाउने, आँखा रातो हुने जस्तो समस्या देखा पर्छ । यसबाट बच्नका लागि दिनमा तीन, चार पटक चिसो पानीले आँखा पखाल्नु पर्छ ।

पौष्टिक खानेकुराः आफ्नो खानेकुरामा भिटामीन ए, प्रोटीन युक्त खानेकुरा समावेश गर्नुपर्छ जस्तै दूध, पनीर, नौनी, अण्डा, फलफुल, सागपात आदि ।

खाली पेट पानी पीउनुहोस्ः बिहान उठेर खाली पेट पानी पिउनाले शरीरबाट विषालु तत्व बाहिर निस्किन्छ । दिनमा ८, ९ गिलास पानी पिउनु आँखाको लागि निकै फाईदाजनक हुन्छ ।

मस्त निन्द्राः डाक्टरहरुका अनुसार दिनमा ८ घण्टा निदाउनु अनिवार्य हुन्छ । यसले आँखालाई आराम दिनुका साथै आँखा वरिपरिको कालो घेरा पनि हराएर जान्छ ।

कम्प्युटरबाट उचित दुरिः कम्प्युटरमा काम गर्दा यसको स्क्रीनबाट उचित दूरि कायम राख्नु पर्छ । निरन्तर आँखा गडाएर बसीरहनु हुँदैन । बेला बेलामा आँखा झप्काउनु पर्छ । कम्प्युटरमा काम गर्दा कुर्सीलाई कम्प्यूरको उचाइ अनुसार राख्नुपर्छ ।

आँखा परीक्षणः यदि आँखा हेर्न समस्या भइरहेको छ, टाउको दुखिरहेको छ भने आँखा परीक्षण गर्नुपर्छ । विशेष गरी मधुमेह रोगीले समय समयमा आँखा परीक्षण गरी रहनु
पर्छ ।

राम्रो क्वालिटीको मेकअपः आँखामा सधैँ राम्रो क्वालिटीको मेकअप प्रयोग गर्नुपर्छ । गाजल र आई स्याडो कमै मात्रा प्रयोग गर्नु पर्छ । राति सुत्नु अघि आँखाको मेकअप हटाएर मात्र सुत्नु पर्छ ।

चस्मा लगाउनुहोस्ः आँखा थाकेमा गुलाबजलमा रुवा भिजाएर आँखामा राख्दा राहत हुन्छ । घाममा बाहिर निस्किदा सूर्यको किरणबाट बच्न सनग्लास अनिवार्य रुपमा लगाउनु पर्छ ।

Share This: