Wednesday, January 23rd, 2019
प्रहरीको गोली लागेर वाईसीएल काभ्रेका नेता घाइते

प्रहरीको गोली लागेर वाईसीएल काभ्रेका नेता घाइते

प्रहरीले मंगलबार दिउँसो गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता भएको खुलेको छ ।

प्रहरीले गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरेको थियो । उनी वाईसीएल काभ्रेका इन्चार्ज हुन् ।

वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अझै अस्तित्वमा छ ।

गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि प्रहरी पुगेको थियो।

तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेको छ ।

Share This: