Wednesday, January 23rd, 2019
रावणका गुणहरु (धर्म)

रावणका गुणहरु (धर्म)

भगवान् रामको जन्म ५, ११४ इसा पूर्वमा भएको थियो । उनकै समयमा रावणको पनि उदय भयो । राम नाम गरेका व्यक्ति त थुप्रै छन् तर रावण नाम गरेको व्यक्ति भेट्टाउन गा¥हो छ । रावण एउटा कुशल राजनीतिज्ञ, सेनापति, वास्तुकलाको मर्मज्ञ हुनुका साथै अन्य थुप्रै विद्याको जानकार थियो । उसलाई इन्द्रजाल, तंत्र मंत्र, सम्मोहन र विभिन्न किसिमका जादु पनि आउथ्यो । त्यसैले उसलाई मायावी मानिन्थ्यो । ऊ सँग एउटा यस्तो विमान थियो, जुन अरु कसै सँग थिएन । यी सबै कुराहरुका कारण अरु व्यक्तिहरु ऊ सँग भयभित हुने गर्थे ।

ब्रम्हाजीका छोरा पुलस्त्य ऋषि भए । पुलस्त्यका छोरा विश्रवाकी जेठी श्रीमतीबाट जन्मेका छोरा कुबेर थिए भने कान्छी श्रीमतीबाट जन्मेका छोरा रावण, कुंभकर्ण र विभिषण थिए । जैन धर्मका शास्त्रहरुमा रावणलाई नारायणको प्रतिरुप मानिन्छ । एउटा अवगुणले मानिसको सबै गुणहरुलाई छोपी दिन्छ । विद्धान् र प्रकाण्ड पंडित हुँदा हुँदै पनि रावणलाई खलनायकको पात्रको रुपमा हेर्ने गरिन्छ । असल बन्नका लागि नैतिकता चाहिन्छ । कर्म शुद्ध हुनु पर्छ । शिवजीका परम भक्त तथा यम र सूर्यलाई समेत आफ्नो प्रताप सहन विवश पार्ने प्रकाण्ड विद्धान, सबै जातका मानिसलाई समान व्यवाहार गरी रक्षा समाजको स्थापना गर्ने रावण आज नराम्रोको प्रतीक मानिन्छ किनकि उसले अर्काको श्रीमतीको हरण गरेको थियो ।

केही अवगुणहरु बाहेक रावणमा थुप्रै गुणहरु थियो, जुन सामान्य मानिसमा पाउन गा¥हो छ ।

महापण्डीत रावणः राम जब बादरको सेना लिएर समुन्द्रको तटमा पुगे । त्यस बेला उनले विजय यज्ञको तयारी गरे । यज्ञमा होम गर्नका लागि रामले देवताका गुरु बृहस्पतिलाई निम्तो गरे । तर बृहस्पतिले आउन असमर्थता जनाए । यज्ञ गर्न विलम्ब भइरहेको थियो । त्यसैले रामले सुग्रीवलाई बोलाई रावणलाई नै यज्ञको होम गर्न निम्तो दिन लगाए । रामको निम्तो पाए पछि रावण सिता सहित यज्ञ स्थलमा पुग्यो, राम र सितालाई सँगै बसाई हवन गरायो र रामलाई विजयी हुने आशीर्वाद दियो । त्यसपछि फेरि उ सितालाई लिएर लंका हिंड्यो । जब मानिसहरुले रावणलाई रामलाई किन आशीर्वाद दिएको भनेर प्रश्न गर्दा उसले भन्यो, ‘रामलाई आशीर्वाद दिने व्यक्ति महा पण्डित रावण थियो, लंकापति रावण होइन ।’

शिवभक्त रावणः रावण घोर शिव भक्त थियो । उसले शिव ताण्डव स्त्रोतको रचना गर्नु बाहेक अन्य विभिन्न तन्त्र ग्रन्थहरुको रचना गरेको थियो ।

राजनीतिको ज्ञाताः जब रावण अन्तिम अवस्थामा थियो, तब रामले लक्ष्मणलाई राजनीतिको ज्ञान लिन रावण समक्ष पठाए । लक्ष्मण गएर रावणको टाउको तिर बसे । तब रावणले यदि सिक्नुछ भने टाउको तिर होइन, खुट्टा तिर बस्नु पर्छ भने । त्यस पछि लक्ष्मण रावणको टाउको तिर गएर बसे अनि उसले राजनीतिका थुप्रै रहस्यहरु सिकायो ।

मायावी रावणः शक्ति दुई प्रकारको हुन्छ । एउटा मायावी र अर्को दिव्य । रावण मायावी शक्तिको स्वामी थियो । ऊ त्रिकाल दर्शी थियो । उसलाई रामले आफूलाई मार्नेछन् भन्ने कुरा पहिला नै थाहा थियो ।

सिताको इच्छाको सम्मानः रावणले सितालाई हेरेर दुई वर्ष सम्म कैदमा राख्यो । तर उसले सितालाई छोएन पनि । उसले सितालाई आफू सँग विवाह गर्न विभिन्न प्रलोभन दियो तर जबर्दस्ती भने गरेन ।

असल शासकः रावणले असंगठीत राक्षस समाजलाई एकत्रित गरी तिनको हितका लागि विभिन्न काम ग¥यो । रावणको शासनकालमा जनता सुखी र समृद्ध थिए । सबै जना नियममा हिंड्थे र कुनै प्रकारको अपराध गर्ने हिम्मत गर्दैनथे । लक्ष्मणलाई बचाएको थियो

रावणलेः रावणको राज्यमा सुषेण नाम गरेको प्रसिद्ध वैद्य थिए । जब लक्ष्मण मुर्छित भए तब वैद्यले सुषेणले मात्र उनलाई बचाउन सक्ने कुरा गरे । रावणको आज्ञा बेगर कुनै व्यक्तिले काम गर्दैनथे तर रावणले मौन स्वीकृति दिए पछि सुषेणले हनुमानलाई संजीवनी बुटीको बारेमा बताए ।

आयुर्वेद र चिकित्साको ज्ञाताः रावण पण्डित मात्र होइन वैज्ञानिक पनि थियो । उसले आयुर्वेद, तंत्र र ज्योतिषको अनुसन्धान गरेको थियो । उसलाई विभिन्न औषधीको जानकारी थियो । उसले नै सर्वप्रथम नाडी छाम्ने विधि पत्ता लगाएको थियो । उसले गर्भस्थ शिशुको कष्ट, रोग, काल आदि बाट मुक्त राख्ने उपाय लेखेको थियो ।

Share This: