Wednesday, January 23rd, 2019
मनाङमा निरन्तर हिमपात

मनाङमा निरन्तर हिमपात

हिमाली जिल्ला मनाङमा निरन्तर हिमपात भइरहेको छ । मंगलबार अपरान्हदेखि भएको हिमपात रोकिएको छैन ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका बस्ती, सडक, गोरेटो तथा घोडेटो बाटोमा साढे १ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

माथिल्लो क्षेत्र जान आएका पर्यटक हिमपातका कारण रोकिएका छन् ।

पछिल्लो समय पुस २३ गतेदेखि हिमपात नभएकोमा मंगलबार अपरान्हदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ ।
चिसोका कारण साँझबिहान समेत तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । राति माइनस १८ डिग्रीसम्म झरेको छ ।

Share This: