Saturday, February 23rd, 2019
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घट्यो

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घट्यो

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएकाे बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियाे ।

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share This: