Saturday, February 23rd, 2019
सप्तरीमा पाटे चितुवाको आक्रमणबाट पाँचजना घाइते

सप्तरीमा पाटे चितुवाको आक्रमणबाट पाँचजना घाइते

सप्तरीको कंचनरुप नगरपालिका-१० भोडहामा पाटे चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

बुधबार बिहान ६ बजेतिर कंचनरुप नगरपालिका-१२ स्थित जंगल क्षेत्रबाट आएको पाटे चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कंचनरुप नगरपालिका-१० भोडहका ६० वर्षीया राजवती देवी चौधरी, ३७ वर्षीय भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी, र सत्य नारायण चौधरी छन् ।

घाइतेमध्ये राजवतीदेवीको स्थानीय अस्पतालमा तथा बाँकीलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

Share This: