Saturday, February 23rd, 2019
अब सुनचाँदी किन्दा पनि आर्थिक स्रोत खुलाउनुपर्ने

अब सुनचाँदी किन्दा पनि आर्थिक स्रोत खुलाउनुपर्ने

अब सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पनि सरकारले निगरानी गर्ने भएको छ । १० लाखभन्दा बढीको बहमूल्य धातुको कारोबारमा सरकारले व्यवसायीलाई ग्राहकको विस्तृत अभिलेख राख्ने व्यवस्थाका लागि तयारी थालिएको हो ।

सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्था अनुरुप आन्तरिक राजश्व विभागले सुनचाँदी व्यवसायलाई आफ्ना ग्राहककको अभिलेख राख्न र त्यसको सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने गरी निर्देशन जारी गर्न लागेको छ ।

यो निर्देशन जारी भएपछि १० लाखभन्दा बढीको सुनचाँदी र बहुमूल्य धातुको कारोबार गर्दा ग्राहकलाई पसलहरुले ‘नो योर कस्टमर’ -केवाईसी) फारम भर्नुपर्ने छ ।

नयाँ गर्न लागिएको व्यवस्थाअनुसार अब सुन किन्दा ग्राहकले आफ्नो आथिर्क स्रोत खुलाउनुपर्छ । यदि कुनै शंकास्पद कारोबार भएमा सुन पसलहरुले त्यसको जानकारी सरकारलाई दिनेछन् ।

हाल दैनिक रुपमा करोडौंको सुन कारोबार हुन्छ । तर, सरकारसँग सुन खरिद गर्नेको अभिलेख छैन । अवैध रुपमा आर्जन भएका सम्पत्ति लुकाउन सजिलो हुने भएकाले सुनमा लगानी गर्ने प्रचलन छ ।

सम्पत्ति शुद्धिकरण ऐनले सुनसहित बहुमूल्य धातुको कारोबारको नियमन गर्ने जिम्मा आन्तरिक राजश्व विभागलाई दिएको छ ।

Share This: