Saturday, February 23rd, 2019
बोनलेस खसीको मासु रेसिपी (कुकिङ्ग टिप्स)

बोनलेस खसीको मासु रेसिपी (कुकिङ्ग टिप्स)

सामाग्रीः बोनलेस मटन ( हड्डी नभएको खसीको मासु ) – १ किला, प्याज – ५ वटा स्लाइस, हरियो खोर्सानी – ४ वटा, लसुन र अदुवाको पेस्ट – २ चम्चा, सुकेको खोर्सानी – ४ वटा, तेज पत्ता – ४ वटा, मरीच – २ चम्चा, सौफं – १ चम्चा, हरियो सुकुमेल – २ वटा, ल्वाङ्ग – ४ वटा, दालचिनी, जीरा – १ चम्चा, धनियाँ – १ चम्चा, धुलो खोर्सानी – २ चम्चा, कागतीको रस – २ चम्चा, तेल – १÷२ कप, नुन स्वादनुसार ।

विधिः
सर्वप्रथम खसीको मासुमा कागतीको रस, बेसार, धुलो खोर्सानी र नुन मिसाई आधी घण्टा त्यतिकै छोडी दिनुहोस् । अब मासुलाई कुकरमा आधा कप पानी हालेर ४, ५ सिट्टी लगाउनुहोस् । त्यसबेला सम्म अर्को चुलामा तावामा सुकेको खोर्सानी, मरिच, धनियाँ, जिरा, ल्वाङ, सुकुमेल, दालचिनी र सौफ हालेर भुट्नुहोस् । मसला सेलाए पछि मिक्सचरमा पिस्नुहोस् । त्यसपछि तावामा तेल तताई त्यसमा काटेको प्याज हरियो खोर्सानी हालेर ४, ५ मिनेट कम आँचमा पकाउनुहोस् । त्यसपछि अदुवा, लसुनको पेस्ट र तेजपता हालेर चलाउनुहोस् । अब त्यसमा मिक्सचरमा पिसेको आधी मसला हाल्नुहोस् । त्यसपछि नुन र गोलभेडा हाल्नुहोस् । जब यो पाक्छ, त्यसपछि पाकेको मासु हालेर केही बेर पकाए पछि मासु उसीनेको पानी पनि त्यसमा हाल्नुहोस् र केहीबेर पकाउनुहोस् । मासु राम्रो सँग पाकी सके पछि धनियाँको पत्ताले सजाएर सर्व गर्नुहोस् ।

Share This: