Saturday, February 23rd, 2019
के तपाईसँग पनि टाइम छैन ? (व्यक्तित्व विकास)

के तपाईसँग पनि टाइम छैन ? (व्यक्तित्व विकास)

संसारमा यस्तो कोही छैन, जो आफ्नो जीवनमा राम्रो गर्ने बारेमा सोच्दैन वा महान् बन्न चाहदैन तर विडम्बना यो छ कि त्यसका लागि हामी सँग समय नै छैन । हरेक दिन हामी आज यस्तो गर्छु, आज त्यहाँ जान्छु, आज फलाना सँग भेट्छु, आज केही नयाँ सिक्छु भनी आफ्नो रुटिन बनाउने गर्छौ तर वास्तविकता ठिक त्यसको उल्टो हुन पुग्छ र हामी ती कामहरु गर्न सक्दैनौ अनि बहाना बनाउन थाल्छौ कि म सँग समय नै छैन वा पछि गर्नेछु । एउटा कुरा हामीलाई राम्रो सँग थाहा छ कि हामी अघि बढौ वा नबढौ तर समय कसैका लागि रोकिदैन । त्यसैले सधैँ समयको सदुपयोग गर्नुपर्छ र यो हाम्रै हातको कुरा हो । समय नै छैन वा भ्याउदिन भन्ने तपाईको धारणालाई आज केही वास्तविक जीवनका रोचक उदाहरण द्धारा हटाउने प्रयास गरौँ । जुन कुरा पढेर तपाई साच्चै नै प्रभावित हुनुहुनेछ । यी उदाहरणले हामीलाई समयको महत्व बुझाउछ साथै व्यक्ति जतिसुकै व्यस्त भए पनि आफूलाई मनपर्ने काम वा लक्ष्य तिर कसरी बढ्ने पनि सिकाउछ ।

– ज्भलचथ प्ष्चबप घर देखि अफिससम्म पैदल आउने जाने क्रममा समयको सदुपयोग गरी ग्रीक भाषा सिकेका थिए । आर्मीको डाक्टर भएपछि उनको बढी समय घोडाको ढाडमै बित्थ्यो । उनले त्यसबेला पनि इटालियन र फ्रेन्च भाषा सिके ।

– अमेरिकाका प्रसिद्ध गणितज्ञ चाल्र्सले दिनहुँ मात्र एक घण्टा गणित सिक्ने नियम बनाएका थिए र त्यस नियमलाई लागु गरी रहेर उनले गणितमा विशेषज्ञता प्राप्त गरेका थिए ।

– ग्यालिलियोको मेडिकल पसल हुँदा हुँदै पनि उनले अलि अलि समय जोगाउदै विज्ञानका महत्वपूर्ण आविष्कार गरे ।

– नेपोलियनले अस्टेलियालाई यसकारणले हराए कि त्यहाँका सैनिक नेपोलियन सँग युद्ध गर्न पाँच मिनेट ढिलो आएका थिए ।

– महात्मा गान्धी दतिउन गर्नु अघि सिसामा गीताको श्लोक टास्थे र दतिउन गर्ने समयमा याद गर्थे । यसरी उनले गीताको १३ अध्याय याद गरेका थिए ।

– दिनहुँ चिया बनाउनमा जति समय लाग्छ, त्यस क्रममा त्यतिकै नबसी लान्ग फैलेले इन्फरल ग्रन्थको अनुवाद गरेका थिए ।

– हरेक समय उपयोगी काममा लागी रहनुलाई मोजार्टले आफ्नो जीवनको उद्धेश्य बनाएका थिए । आफ्नो यसै निर्णयमा अडिग भई उनले रेक्युम भन्ने ग्रन्थ आफ्नो अन्तिम अवस्थामा पनि पुरा गरे ।

माथिका उदाहरणहरुले हामीलाई अचम्ममा पार्न सक्छ कि कोही व्यक्ति दिनको एक घण्टा मात्र पढेर विशेषज्ञ बनिन्छ, कोही हिड्दा हिड्दै भाषा सिक्छ त कसैले चिया पकाउदा पकाउदै ग्रन्थ रच्छ । जब ती व्यक्तिहरुले २४ घण्टा समय पनि नलगाई यत्रो ठुलो काम गर्न सक्छन् भने हामी सँग समय किन छैन ? हाम्रो समय कहाँ खेर गइरहेको छ ? वास्तवमा हाम्रो लक्ष्य पुरा गर्न जति समय आवश्यक हुन्छ, त्यो भन्दा धेरै समय हामी सँग हुन्छ । त्यसका लागि हामीले आफ्नो अमूल्य समय खेर फ्याल्नु हुँदैन ।

Share This: