Saturday, February 23rd, 2019
निरन्तरको मेहनतले सफलता (सफल व्यक्ति)

निरन्तरको मेहनतले सफलता (सफल व्यक्ति)

आफ्नै देशमा सामान्य काम गर्न लाज मानेर विदेश पलायन हुनेहरुकालागि उदाहरणीय पात्र हुन् झापा लक्ष्मीपुरका नीलडेबिड कटुवाल । विदेशमा राम्रो अवसर पाएपनि छाडेर आफ्नै देशमा उपेक्षित पेशाका रुपमा रहेको कपाल काट्ने पेशालाई आकर्षक पेशा बनाएका नीलले अहिले करिब २ सय जनालाई रोजगारी दिएका छन् ।

नयाँ काम गर्नेलाई सुरुमा धेरैतिरबाट अवरोध आउँछ, उनलाई पनि त्यस्तै भयो । कतिले कपाल काट्ने पेशा भनेर गफमा उडाए । कतिले हजाम भने तर उनले हार खाएनन् र निरन्तर लागि रहे । विदेशमा राम्रो अवसर छाडेर नेपाल फर्किएका नीलले अहिले देशमै नाम र दाम कमाएका छन् ।

आफ्नै देशमा रोजगार बन्ने उद्देश्यले नेपाल आएर २०६३ सालमा काठमाडौंमा सैलुन खोल्दा धेरै खालका प्रतिक्रिया पाए उनले । काठमाण्डौमा भर्खर सैलुन खोलेको बेला गाडि रोकेर सैलुन पस्दा मान्छेहरुले अचम्म मान्दै उनले सुन्नेगरी भनेछन्,‘ कपाल काट्ने हजाम पनि कारमा ।?’

उनलाई नमिठो त लाग्यो तर नेपालमा कपाल काट्नुपनि राम्रो पेशा हो भन्ने छाप नभएकाले यस्तो भएको सम्झिएर आफुलाई स्थापित गर्ने सोच झन दह्रो बनाए । विच विचमा आएका बाधालाई पन्छाउँदै निरन्तर अघि बढेका निलले अहिले नेपालका काठमाडौं, विराटनगर, झापा र नेपाली भाषी भएका भारतका दार्जिलिङ, सिक्किम, सिलीगुडी लगायतका सहरमागरी जम्मा १० वटा आधुनिक हेयर सैलुन खोलिसकेका छन् । निल सुनाउँछन् ‘देशमा केही भएन भनेर भाग्नु हुँदैन, गर्नेलाई अवसरै अवसर छ नेपालमा । नेपालका युवापुस्ता विदेश पलायन हुनु हुँदैन । यो देश हामीले नबनाए कस्ले बनाउँछ ?’

निल कुनै समय होटल मेनेज्मेन्ट पढ्न अष्ट्रेलिया जान चाहान्थे । झापाकै कन्काई बोर्डिङबाट एसएलसी पास गरेपछि महेन्द्र मोरङ क्याम्पस विराटनगर पढेका नील आफ्नो लक्ष्यमा पुग्न काठमाण्डौ गए । विदेशकै चक्करमा काठमाण्डौमा भौतारिईरहेका नीलसँग लन्डनका वासिन्दा डेबिड भाईनलको अचानक बाटोमा भेट भएछ । पासपोर्ट हराएर खोजिरहेका लन्डनका डेविडले नीललाई सहयोग मागे, त्यसपछि उनले पनि पासपोर्ट खोज्न सहयोग गरे । छुट्ने बेलामा डेविडले नीललाई पैसा दिन खोजे तर उनले लिन मानेनन् । त्यसपछि डेविड नीलसग निक्कै प्रभावित भएछन् ।

उनले पढ्न लण्डन आए सहयोग गर्ने बचन पनि दिए । नील सानैदेखि फेसन डिजाईनतिर आकर्षित थिए । तर चाहेर पनि त्यता लाग्न सकेका थिएनन् । भन्छन् ‘सानैदेखि कपडा किन्न धरान जान्थें, त्यसबेला देखि नै धरानको फेसन निक्कै चर्चित थियो । त्यहिं देखि आकर्षित थिएँ । तर पढ्न सकेको थिईन । उहाँले सहयोग गर्ने भएपछि दिल्लीमा फेसन डिजाईन पढ्ने विचार गरें ।’

डेबिडकै सहयोगमा नीलले दिल्लीमा डेढ बर्ष फेसन डिजाईन पढे । त्यसपछि सिंगापुर गएका बेला उनले केटा मान्छेले केटीको कपाल काटीरहेको देखे । नेपालमा कहिल्यै नदेखेको यस्तो दृष्यले उनलाई आकर्षित ग¥यो । भन्छन् ‘त्यसपछि मैले पनि हेयर डिजाईनिङ सिक्ने निर्णय गरें । ’

हेयर डिजाईनर भएपछि उनलाई उनका ‘गडफादर ’ डेविडले लण्डनमै बस्न आग्रह गरेका थिए तर उनले आफ्नै देशमा फर्किएर काम गर्ने विचार गरे । नेपालमा अरुले पनि गरिरहेको कपाल काट्ने काम उनले फरक ढंगले सुरु गरे । आफ्नो जीवनमा नसोचेको परिवर्तन ल्याईदिने डेविडलाई ‘कर्म दिने बाबु’ मानेका नीलले आफ्नो नाम र थरको विचमै ‘डेबिड’ को नाम पनि जोडेर ‘नील डेबिड कटुवाल’ भए । अनि आफ्नो शीपसँगै ती सहयोगी डेबिडको नामपनि फैलाईरहेका छन् ।

जीन्दगीमा यो अवश्थामा पुगिएला भन्ने कल्पना समेत थिएन उनको । उनको सपना त केवल होटल मेनेज्मेन्ट पढेर रोगजार हुने थियो तर अहिले उनले आफुले त नाम र दाम कमाएकै छन्, अरुलाई पनि रोजगारी दिएका छन् । त्यसबाहेक उनले तालिम दिएकाहरु विभिन्न देशमा गएर आयआर्जन पनि गरिरहेका छन् । अहिले उनलाई त्यो बेला अष्ट्रेलियाको भिसा क्यान्सिल भएर राम्रै भएछ जस्तो लाग्छ । भन्छन् ‘अष्ट्रेलिया गएको भए व्यक्तिगत रुपमा त राम्रै हुन्थ्यो होला तर अहिले जस्तो कसले चिन्थ्यो र, जीन्दगीको ठूलो चिज नै गुमाउँथें ।’

नीलले कतै सुनेका थिए, ‘क्रान्ति ल्याउन कुनै नयाँ काम गर्नु पर्दैन, केवल अरुले गरेकै काम फरक ढंगले गरे पुग्छ ।’ अहिले उनको मुखैमा झुण्डिएको छ, यो वाक्य । साथी भाई, शुभचिन्तकसँग गफ गर्दा या अरुलाई सल्लाह दिनुपर्दा यहि वाक्य दोहो¥याउछन् नील । मान्छेलाई समयले कहाँबाट कहाँ पु¥याउँदो रहेछ, उनलाई पनि त्यसै ग¥यो समयले । नेपालमा अरुलेपनि गरिरहेको कपाल काट्ने काम उनले फरक ढंगले सुरु गरे । उनि भन्छन् ‘मेरो सफलताको राज पनि त्यहि हो । अरुले गरेकै काम फरक तरिकाले गरें ।’

Share This: