Saturday, February 23rd, 2019
वायु सेवा निगमले विभिन्न पदमा १ सय ७१ जना कर्मचारीको माग

वायु सेवा निगमले विभिन्न पदमा १ सय ७१ जना कर्मचारीको माग

नेपाल वायु सेवा निगमले विभिन्न पदमा एकैपटक १ सय ७१ जना कर्मचारी माग गरेको छ । सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदपूर्तिका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो ।

निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ । पाइलट अभाव झेल्दै आएको निगमले तह नौको सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ ।

Share This: