Saturday, April 20th, 2019
वैवाहिक जीवन सफल बनाउने २५ मंत्र (वैवाहिक)

वैवाहिक जीवन सफल बनाउने २५ मंत्र (वैवाहिक)

यदि वैवाहिक जीवन सफल, सुखी र मायालु बनाउन चाहनुहुन्छ भने निम्न मंत्रहरुलाई आफ्नो जीवनमा लागू गर्नुहोस् । यसले तपाईको सम्बन्धमा मिठास र खुसीयाली ल्याउनेछ ।

१. सधैँ कुराकानी गर्दा शिष्टाचार राख्नुहोस् । हरेक दम्पतीमा मतभेद हुन्छ तर हरेक कुरामा ढिट नबन्नुहोस् र हरेक समस्या कुराकानी द्धारा समाधान गर्नुहोस् ।

२. श्रीमान् श्रीमतीको समबन्ध विश्वासमा टिकेको हुन्छ । त्यसैले आफ्नो सम्बन्धमा शंकालाई ठाउँ नदिनुहोस् ।

३. घरको हरेक कुराको योजना बनाउनुहोस् जस्तैः बचत, लगानी, बच्चा जन्माउने आदि । कहिले काँही अनिच्छित गर्भले गर्दा पनि श्रीमान् श्रीमती बिच विवाद उत्पन्न हुन्छ ।

४. सर्वगुण सम्पन्न कोही पनि हुँदैन । जीवनसाथीको गल्तीका बाबजुद माया गर्नु नै सही अर्थमा माया हो ।

५. घरलाई अफिस नबनाउनुहोस् र जीवनसाथीलाई पनि समय दिनुहोस् । उनलाई मन पर्ने कुरा गर्नुहोस् ।

६. कमाइको केही भाग श्रीमान् वा श्रीमतीलाई पकेट खर्चका लागि छुट्याउनुहोस् र त्यसको हिसाब नमाग्नुहोस् ।

७. कहिलेकाँही विशेष अवसरमा केही उपहारहरु एक अर्कालाई दिने गर्नुहोस् । उपहार महँगो नै हुनु पर्छ भन्ने छैन । सस्तो भए पनि मन पर्ने उपहार दिएर मन जित्न सकिन्छ ।

८. घर गृहस्थीमा धेरै जसो झगडा पैसा कै कारण हुन्छ । त्यसैले बेलैमा खर्च, बचत र लगानीको योजना बनाउनुहोस् र व्यर्थैको समस्याबाट बच्नुहोस् ।

९. कहिलेकाँही जीवनसाथी देखि टाढा जानुहोस् । यसबाट एक अर्काको महत्त्व महसुस हुनेछ ।

१०. घर गृहस्थीमा श्रीमान् वा श्रीमतीले परिवारको अन्य सम्बन्धको कुरा काट्ने गर्छन् तर यसलाई झगडाको कारण कहिल्यै नबनाउनुहोस् ।

११. माफी माग्नु नराम्रो होइन न त माफी दिनु नै । यो कामबाट झगडाले ठुलो रूप लिन सक्दैन । यदि तपाईबाट कुनै गल्ती भयो भने बेलैमा माफी मागी विवाद हुनबाट बच्न सकिन्छ ।

१२. कुनै पनि निर्णय एक्लै नलिनुहोस् । घर परिवार र दैनिक जीवनका सबै साना ठुला निर्णयहरू दुवै मिलेर गर्नुपर्छ । यसबाट दोष कुनै एकको मात्र हुँदैन ।

१३. दाम्पत्य जीवनमा ईमान्दार रहनुहोस् । ईमान्दारी रुपिया, पैसाको मात्र हुँदैन, भावनाको पनि हुन्छ । श्रीमान् श्रीमती बिच विश्वास बिस्तारै उत्पन्न हुन्छ ।

१४. स–साना कुराहरूमा खुसी हुन सिक्नुहोस् । जतिखेर पनि रिसाई रहने र फकाउनु पर्ने हुँदा जीवन निरश हुन पुग्छ । आफ्नो जीवनसाथीको अरूसँग प्रशंसा गर्नुहोस् तर कुरा चाहि नकाट्नुहोस् ।

१५. सधैँ मुस्कुराई रहनुहोस् । यसबाट सम्बन्ध तरोताजा भई रहनेछ । स–साना कुराहरूमा जीवनसाथीको लागि त्याग पनि गर्नुहोस् । यसले सन्तुष्टी दिनेछ साथै सम्बन्ध सुमधुर बनाउने छ ।

१६. तिमी मलाई माया गर्छौ भने मैले भने अनुसार गर भनेर दबाब दिई उसलाई बदल्न खोज्नु हुँदैन । उ जस्तो छ, त्यस्तै स्वीकार गर्नुहोस् ।

१७. मानिसहरूका अगाडि मायालु बोली बोल्नुहोस् । चाहे भित्र मनमुटाव नै किन नहोस् ।

१८. मेरो भन्नुको सट्टा हाम्रो भन्ने बानी बसाल्नुहोस् र आफ्नो बारेमा मात्र सोच्नुको सट्टा सबैको बारेमा सोच्नुहोस् ।

१९. प्रशंसा गर्न कहिल्यै नछुटाउनुहोस् । यदि तपाईलाई कसैको कुनै काम मन पर्छ भने उसको प्रशंसा गरी हाल्नुहोस् । यसबाट उसको मनमा तपाई प्रति सम्मानको भावना उत्पन्न हुनेछ ।

२०. डेटिङ बिहे अघि मात्र होइन, बिहे पछि पनि जानुहोस् । यसले दम्पतीलाई फ्रेस बनाउनेछ ।

२१. बिहे पछि पनि आई लव यु भनी माया देखाउन नछाड्नुहोस् ।

२२. कुनै पनि प्रश्नको सिधा जवाफ दिनुहोस् । तपाईको मनमा के छ खुलेर भन्नुहोस् । प्रायः हामी अरूले हाम्रो मनको कुरा आफै बुझीदियोस् भन्ठान्छौ तर आजको व्यस्त जीवनमा मानिसलाई नाना थरी सोच्ने फुर्सद नै हुँदैन । त्यही भएर आफ्नो मनमा लागेको कुरा लाज नमानी भन्नुहोस् ।

२३. एक अर्काको शौक पुरा गर्न सहयोग गर्नुहोस् । यसले पनि निकै ठुलो खुसी दिन्छ ।

२४. कुनै विषयमा तर्क वितर्क गर्दा क्रोधित नहुनुहोस् । तर्क वितर्क पनि विनम्र भई समाधान गर्न सकिन्छ ।

२५. पुरानो कुरालाई विवादको कारण नबनाउनुहोस् साथै झगडा बेडरुममा जानु अघि नै सकाई हाल्नुहोस् ।

Share This: