Saturday, April 20th, 2019
चामलको घरेलु उपयोगिता

चामलको घरेलु उपयोगिता

चामल हामी नेपालीहरुको मुख्य खाना हो तर यो खानेकुरामा मात्र सीमित नरही यसको घरायसी थुप्रै कामहरुमा पनि प्रयोग गर्न सकिन्छ । चामलले पानीमा भिजेको इलेक्ट्रीक सामान बिग्रिनबाट बचाउनुका साथै मिक्सरको ब्लेंडरमा धार लगाउने काम पनि गर्छ । यस्तै यसका अन्य थुप्रै फाईदाहरु छन् ,जुन यसप्रकार रहेको छ ।

– यदि तपाईको मोबाइल गल्तिले टोइलेटमा वा लुगा धुदा धुदै पानीमा पस्यो भने चामलको दानाले यसको पानी सोस्न मद्धत गर्छ । यसबाहेक कुनै पनि इलेक्ट्रोनिक डिभाइस पानीका कारण बिग्रिन पुगेमा चामलमा हालेर राख्नुहोस् । यसले राम्रो सँग पानी सोस्नका लागि कम्तीमा १२ देखि २४ घण्टा सम्म चामल भित्र राख्नु पर्छ ।

– नुन ओस्सिएमा नुनको बट्टामा चामलको केही दाना हाली दिनुहोस् । यसले नुनको पानी सोस्नेछ । वर्षामा नुनलाई ओस्सिनबाट बचाउनका लागि यो तरिका अपनाउन सक्नु हुन्छ ।

– तपाई कुनै कुरा फ्राई गर्न गईरहनु भएको छ भने तेल तातियो कि तातिएन भनेर चेक गर्नका लागि तेलमा चामलको दाना हाल्नुहोस् । यदि चामलको दाना तेलमा तैरियो भने तेल तातियो भन्ने बुझ्नुहोस् र यदि चामल पिँध मै बस्यो भने तेल तातिएको छैन भन्ने बुझ्नु पर्छ ।

– यदि तपाईको मिक्सरको ब्लेंडरले राम्रो सँग काम गरी रहेको छैन भने वा ब्लेंडरको धार कमजोर भएमा मिक्सरमा चामलको दाना पिस्नुहोस् । यसले मिक्सरको ब्लेंडरमा धार लगाउने काम गर्छ ।

– यस्तो कुनै भाडा वा फुलदानी, जसमा तपाईको हात पसी रहेको छैन र भित्र सफा गर्न सकीरहनु भएको छैन भने चिन्ता नगर्नुहोस् । यसका लागि एक मुठ्ठी चामल र अलिकति पानी भाडामा हाल्नुहोस् । अब केही मिनेटसम्म यसलाई बेस्सरी हल्लाउनुहोस् । अनि सादा पानीले पखाल्नुहोस् । यसो गर्दा त्यो भाडा सफा हुनेछ ।

– यदि तपाई फलफुल चाडो पकाउन चाहनुहुन्छ भने त्यसलाई चामलको भाडामा घुसारेर छोडी दिनुहोस् । यसो गर्दा फल चाडै पाक्नेछ तर यसलाई बिच बिचमा चेक गरी रहनुहोस् । धेरै समय सम्म राख्दा फल आवश्यकता भन्दा बढी पाक्नेछ ।

– फलामको सामान खिया लाग्नबाट बचाउन चाहनुहुन्छ भने चामलको भाडामा घुसारेर राख्नुहोस् । यसबाट त्यस वस्तुको ओसिलोपन चामलले सोस्नेछ र फलामको सामान खिया रहित रहनेछ ।

– भात पकाउदा निस्किने माड फ्याक्नुको सट्टा यसले अनुहारमा मसाज गर्नुहोस् र सादा पानीले पखाल्नुहोस् । यसबाट तपाईको अनुहारमा निखार आउनेछ ।

Share This: