Saturday, April 20th, 2019
थाइल्याण्डको सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा ३४८ ले ज्यान गुमाए

थाइल्याण्डको सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा ३४८ ले ज्यान गुमाए

थाइल्याण्डमा मनाइने सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा अहिलेसम्म कम्तीमा ३४८ ले ज्यान गुमाइसकेका छन् । घटनामा ३१७६ घाइते भएका छन् । यो घटना गएको बिहीबारदेखि मंगलबारसम्म गरी ६ दिनमा भएको हो ।

आपत रोकथाम र राहत विभागले जारी गरेको आँकडा अनुसार, गएको ५ दिनमा झण्डै ३ हजार सडक दुर्घटना भयो । यीमध्ये अधिकांश दुर्घटना चियाङ्गमाई शहरमा भएको हो । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशकले घटनामा परि सबैभन्दा धेरै उडोन थानी शहरमा १४ जनाले ज्यान गुमाएका छन् भने चियाङ्गमाई शहरमा सबैभन्दा धेरै एकसय जना घाइते भएका छन् ।

अधिकारीका अनुसार, अधिकांश दुर्घटना सवारी चालककाको लापर्वाहीबाट भएको हो । यीमध्ये नशामा गाडी चलाउँदा ४०.६८ प्रतिशत र तीव्र गतिमा सवारी चलाउँदा २७.५४ प्रतिशत दुर्घटना भएको हो । सडक दुर्घटनामा अधिकांश मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । कुल दुर्घटनामा उनीहरुको संख्या ७८.८५ हुन आउँछ ।

दुई लाख ३५ हजार ८ सय ३८ सवारी चालकले ट्राफिक नियम तोडे । ६४ हजार २ सय ९६ हेलमेट नलगाई सवारी चलाउँदा पक्राउ परे । जबकि  ५७ हजार ४ सय ५२ सँग लाइसेन्स थिएन ।

देशैभरि दुई हजार ४० चेक प्वाइन्ट्स बनाइएको थियो । त्यस्तै ६५ हजार तीन सय आठ कर्मचारी तैनाथ थिए ।

Share This: