Saturday, April 20th, 2019
धरानको लक्ष्मी चौंकमा  दुई भ्यान एक आपसमा ठोक्किदा दुई जना घाइते

धरानको लक्ष्मी चौंकमा  दुई भ्यान एक आपसमा ठोक्किदा दुई जना घाइते

धरानको लक्ष्मी चौंकमा  दुई वटा भ्यान एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

धरानको भानुचौकबाट फुस्रे तर्फ जादै गरेको को २ च  ९८१ नम्बरको भ्यान र फुस्रेबाट आउदैगरेको  को १ च ८१३५ नम्बरको भ्यान एक धरानको लक्ष्मीचौंकमा आपसमा ठोक्किदा को २ च ९८१ नम्बरको भ्यानमा सवार  मोरंग कानेपोखरीका २९ वर्षिय उमा राई र  २१ वर्षिय मन्जु मगर  घाइते भएको अमरहाट अस्थायी प्रहरी पोष्टले जनाएको छ ।

घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहको छ ।  पोष्टका अनुसार  बिपरित दिशामा रहेका दुई भ्यानले पैदलयात्रीलाई बचाउन खोज्दा  करीव  दिउँसो १ बजे सो दुर्घटना भएको हाे ।

भ्यान र भ्यान चालक याम्फु संखुवासभाका दिलबहादुर राइ र धरान –१३का सुमन  साही  अमरहाट प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।

भ्यानको ठक्करले को २ ह १०९ नम्बरको टेम्पाेको पनि सामानन्य क्षती भएको छ ।

Share This: