Saturday, April 20th, 2019
हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले दियो १ करोड

हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले दियो १ करोड

बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश ३ सरकारले घोषणा गरेको १ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको बुधबार दिउँसो चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

 गएको चैत १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु हुनुको साथै करोडौंको क्षति पुगेको थियो ।

हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बारा र पर्सा स्थित हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका थिए ।

प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ पनि मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

Share This: