Saturday, April 20th, 2019
स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

स्कुल बसको ठक्करबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी अन्दाजी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

Share This: