Saturday, April 20th, 2019
भारतमा नेपालको जडीबुटी निकासीमा रोक

भारतमा नेपालको जडीबुटी निकासीमा रोक

भारतले नयाँ क्वारेन्टाइन सम्बन्धी नीति लागु गरेपछि नेपालका जडीबुटी निर्यातमा समस्या देखिएको छ ।

वैज्ञानिक नाम राखिएका जडीबुटीको नेपालसँग मिल्दोजुल्दो नभएपछि भारतले खरिदमा रोक लगाएको हो ।

एक महिना यता कुनै पनि जडीबुटी नेपालगञ्जबाट भारत निर्यात नभएको व्यवसायीले बताए ।

 भारतको बोटविरुवा र तिनका अंशको आयातलाई व्यवस्थीत गर्न विरुवा क्वारेन्टाइन सम्बन्धी आदेश २००३ जारी गरेको थियो ।
उक्त आदेशको अनुसूचि–७ मा सूचिकृत जडीबुटीहरु मात्रै भारतले स्वीकार गर्छ । नीति लागु भएको ६ महिनासम्म भारत सरकारले नाम सूचिकृत गर्न नेपाललाई समय दिएको थियो ।

समयमै सुनुवाई नभएपछि अहिले भारतमा नेपालका सबै जडीबुटी निकासीमा रोक लगाइएको छ ।
गत मंसिरदेखि पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाई लगायतका जडीबुटीको निकासामा रोक लगाइएको हो ।

Share This: