Friday, June 21st, 2019
बच्चालाई घरमा एक्लै छोड्दा यी कुरा सिकाउनुहोस् (अभिभावक)

बच्चालाई घरमा एक्लै छोड्दा यी कुरा सिकाउनुहोस् (अभिभावक)

अभिभावक बन्नु एउटा चुनौतीपूर्ण जिम्मेदारी हो । अभिभावकको सानो गल्ती पनि आफ्ना बच्चाका लागि घातक सिद्ध हुन सक्छ । प्रायः जसो अभिभावकले साना नानीहरूलाई एक छिन पनि एक्लै छोड्दैनन् ,तर कहिलेकाँही एक्लै छोड्नु पर्ने बाध्यता पर्न सक्छ । यस्तो बेलामा अभिभावक केही सतर्क रहनु पर्छ र नानीहरूलाई निम्न कुराहरू सिकाउनु पर्छ ।

फोन सम्पर्क

जब अभिभावक दुवै जना घर बाहिर गई नानीहरूलाई घरमा एक्लै छोड्नु पर्ने अवस्था आउँछ, त्यति बेला नानीहरूलाई सम्पर्क गर्नका लागि फोन महत्वपूर्ण हुन्छ । अहिले मोबाइलले गर्दा झन् सजिलो भएको छ । नानीहरू घरमा ठिक छन् वा छैनन् जान्नका लागि मोबाइलमा फोन गर्न सकिन्छ साथै नानीहरूलाई केही प¥यो भने आफूलाई फोन गर्नु भनेर सिकाउनु पर्छ ।

केही नियमहरू बनाउनुहोस्

कहिलेकाँही नानीहरूलाई एक्लै छोडेर हिँड्ने काम पर्छ नै । त्यसैले पहिला देखि नै यसको अभ्यास गराई रहनुहोस् । उनीहरूलाई नचिनेको मान्छेलाई घर भित्र पस्न दिने वा ढोका खोल्ने काम नगर्न भन्नुहोस् । कोही चिनेको व्यक्ति आए पनि अभिभावकलाई तुरुन्त फोन गर्न लगाउनुहोस् । साथै नानीहरूलाई घरबाट हतपत बाहिर ननिस्कीन लगाउनुहोस् ।

आवश्यक कुराहरू घरमै राखी दिनुहोस्

घर बाहिर जाँदा टर्च लाइट । यसबाहेक जरुरी मोबाइल नम्बरहरु पनि एउटा डायरीमा लेखी दिनुहोस् । विशेष गरी पुलिस, वारुणयंत्र तथा डाक्टरको नम्बर लेखी दिनुहोस् ।

घरलाई बच्चाहरुका लागि सुरक्षित बनाउनुहोस्

यदि नानीहरुले तपाईले भनेको सबै कुरा मान्छन् भने राम्रो कुरा हो तर पनि उनीहरूको सुरक्षाका लागि विशेष ध्यान दिनुहोस् जस्तै: घरमा रक्सी राख्नुहुन्छ भने लुकाउनुहोस् । उनीहरूलाई हानि गर्ने औषधी हटाउनुहोस् । बाइकको चाबी नछोड्नुहोस् साथै हतियारहरु पनि जथाभावी नराख्नुहोस् ।

अन्य ध्यान दिनुपर्ने कुराहरू

– साथीहरूलाई घरमा बोलाए पनि राति नराख्नु भन्नुहोस् ।

– हरेक कोठामा साथीलाई लैजान नदिनुहोस् ।

– टिभी वा फिल्म हेर्ने समय तोकी दिनुहोस् ।

– खाना पकाउदा धेरै छुरी प्रयोग नगर्न भन्नुहोस् साथै तेलमा तार्ने काम पनि नगर्न भन्नुहोस् ।

– नचिनेको व्यक्तिलाई ढोका नखोल्न भन्नुहोस् ।

– पानी, बत्तीको बिल वा अन्य कुराहरुका लागि घर बाहिर एउटा सानो पोस्ट बक्स राख्नुहोस् ।

– फोन तुरुन्त उठाउन लगाउनुहोस् ।

– बाहिर जाँदा चाबी लगाई भाइ बहिनीसँग मात्र जान भन्नुहोस् ।

– कसैलाई पनि अभिभावक घरमा हुनुहुन्न भनेर नसुनाउन भन्नुहोस् ।

– नानीहरूलाई एउटा कोठामा थुनेर जाने गल्ती नगर्नुहोस् ।

– नानीहरूलाई ढोकाको चुकुल राम्रो सँग लगाउन सिकाउनु पर्छ साथै उनीहरूको लागि ढोकाको चुकुल सजिलो बनाई दिनु पर्छ ।

– खेलकुदका कारण नानीहरुलाई छिन छिन मै भोक लागि रहन्छ, त्यसैले उनीहरूको लागि पहिले नै खानेकुरा बनाएर कोठा मै राखी दिनुहोस् ।

– छत माथि गएर नखेल्न भन्नुहोस् । सके सम्म भ¥याङको ढोकामा चाबी लगाई दिनुहोस् ।

– नानीहरूलाई कुनै होमवर्क वा खेलमा भुल्याई दिनुहोस् । जसबाट उनीहरू व्यस्त रहून् र घर बाहिर धेरै समय नबिताउन् ।

Share This: