Friday, June 21st, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको ५३ वर्षमा हृदयघातका कारण निधन भएको छ ।

– प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका छन् ।

– सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो ।

– समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

– चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा असार १ गते चीन भ्रमण जाने भएका छन् ।

– पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको निधन भएपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

– गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिइरहेका बेला संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ ।

– वीरेन्द्र सभागृह मर्मतका लागि संघीय मामिलामन्त्री लालबाबु पण्डितले चासो दिएर पठाएको चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।

– भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको छ ।

Share This: