Friday, June 21st, 2019
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युट्युवर प्रनेश गौतमलाई हाजिरी जमानीमा प्रहरीले बिहीबार रिहा गरेको छ ।

– स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् ।

– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा जेसिबी र अटोरिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

– सिन्धुलीको दुधौली नगरपालिका–१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ ।

– यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ ।

– संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न सिफारिस गरेको छ ।

– भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यात्ने दुई जना तत्कालीन माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई जिल्ला अदालतले २ वर्षपछि दोषी ठहर गर्दै दुई वर्षको कैद सजायँ तोकेको छ ।

– सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

– पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

– भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबी बीच उत्पन्न समस्याका कारण नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ ।

– अत्यधिक गर्मी बढेकोले बालवालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै झापाको अर्जुनधारामा सञ्चालित निजी विद्यालयले शुक्रबार विद्यालय बन्दको घोषणा गरेका छन् ।

– सिरहामा भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले प्रहरी हवल्दार अशोककुमार यादवसहित गाडी चालक शिवशङ्कर साह र रञ्जित साहलाई पक्राउ गरेको छ ।

– हातमा खुकुरी लिएर दादागिरी जमाउने सुनसरीको धरान–११ का ३८ बर्षीय विशाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Share This: