Friday, June 21st, 2019
खेलकूद विशेष

खेलकूद विशेष

– विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डको खेल पनि पानीका कारण एक बल पनि नखेली रद्ध भएको छ । दुबै टिमले एक एक अंक बाँडेका छन् ।

– विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने छ ।

– स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई १५० मिलियन पाउण्ड खर्च गरेर पाँच वर्षका लागि आफ्नो क्लबमा भव्य स्वागत गरेको छ ।

– इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सरीले अब युभेन्टस हेर्ने भएका छन् । इटालियन क्लब युभेन्टस र सरीबीचमा आज सम्झौता हुँदैछ ।

– स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली डिफेन्डर फर्ल्यान्ड मेन्डीलाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।

–  संसदको विधायन व्यवस्थापन समितिले एउटै व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी खेल संघको पदाधिकारीमा रहन नदिने विषयमा सहमति जुटाएको छ । तर, हाल बहालका पदाधिकारीको हकमा के गर्ने भन्नेमा भने सांसदहरुको मत बाझिएको छ ।

– च्याम्पियन्स लिगको उपाधि जितेको युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना खेलाडीहरुलाई २४ क्यारेट सुन जडित आइफोन १० दिने भएको छ । जुन फोनको मूल्य ३ हजार ५०० पाउन्ड पर्छ ।

Share This: