Friday, June 21st, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि गायक आदित्य नारायाण झा जुलाइको पहिलो साता नेपाल आउँदैछन् ।

– काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि गायक आदित्य नारायाण झा जुलाइको पहिलो साता नेपाल आउँदैछन् ।

– सुजुकीका लागि नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले मिस नेपाल–२०१८ की शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरेको छ।

– आजदेखि २ वटा चलचित्र प्रेम दिवस र झड्का प्रदर्शनमा आएका छन् ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् ।

– पपस्टार साकिरालाई १४.५ मिलियन युरो कर छलीको आरोप लागेको छ । उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ ।

– चर्चित फिल्म ‘बाहुबली’ का अभिनेता प्रभासको फिल्ममा बलिउडका चर्चित अभिनेता सलमान खानलाई अतिथि कलाकारका रूपमा  काम गर्न प्रस्ताव गरिएको भारतीय मिडियाहरूले जनाएका छन् ।

– नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनको लगानी समेत रहेको चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । यो चलचित्र भदौ ६ गते रिलिज हुने छ ।

– बलिउड नायक आमिर खानको प्रतिक्षित चलचित्र ‘लाल सिंह चद्दा’ मा नायिका करिना कपुर खान अनुबन्धित भएकी छिन् ।

Share This: