Friday, June 21st, 2019
विदेशमा आज

विदेशमा आज

– केन्यामा एक पुरुष सांसद राशिद कासिमले महिला सांसद फातुमा गेडी माथि थप्पड प्रहार गरेपछि गिरफ्तारमा भएका छन् । उनले आफ्नो संसदीय क्षेत्रमा धनराशि नछुट्याएको भन्दै थप्पड प्रहार गरेका थिए ।

– भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको पुष्टि भएको छ ।

– ओमानको खाडीमा दुई तेल ट्यांकरमा विस्फोट भएको छ । कोकुका करेजियस ट्यांकरको बोर्डबाट २१ र फ्रन्ट अल्टायरबाट २३ जनालाई सुरक्षित रुपमा निकालिएको इरानले बताएको छ ।

– अमेरिकाले भएको  पोल्याण्डका राष्ट्रपति आन्द्रेज डूडालाई भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफ्ना एक हजार सैनिक पठाउने यो घोषणा गरेका छन् ।

Share This: