Friday, June 21st, 2019
चुट्कीला

चुट्कीला

कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग ‘ए दाई तिमी किन सधैँ मेरो कपाल काट्नु अघि डरलाग्दो कथा सुनाउछौ ?’

हजामः डरलाग्दो कथा सुनाउदा तपाईको कपाल ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त

………………………….

शिक्षकः (क्लासमा प्रवेश गर्दै) हिजो मैले दिएको पाठ पढेर आयौ ?

विद्यार्थीः आयौ सर ।

शिक्षकः राम तिमी भन त बहादुर शाहको पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ?

रामः किताबको पेज नं. ३ देखि ८ सम्म सर ।

…………………..

डाक्टरले दुई जना पागललाई घुम्न छोडी दिएछन् । एउटा पागल खोलामा डुबेछ र अर्को पागलले बचाएको देखेर डाक्टरले खुसी हँुदै भनेछ, ‘तिमी बल्ल ठीक भयौ, खै तिम्रो अर्को साथी ?’

पागलः अघि खोलामा डुबेकाले चिसो भएको थियो । त्यही भएर घाटीमा डोरीले बाँधेर घाममा सुकाएर आएको छु

……………………….

एउटा मान्छे नौलो सहरमा घुम्न गएछ । सहर घुम्दै जादा उसलाई पिशाबले च्यापेछ । तर नजिकै पिशाब फेर्ने शौचालय नभेटिएपछि उसलाई निकै आपत् परेछ । त्यतिकैमा उसले एउटा घर अगाडि एउटा बच्चालाई देखेछ र त्यहाँ गएर बच्चालाई सोधेछ, ‘बाबु तिम्रो घर यहि हो ?’

बच्चाः हो ।

मान्छेः तिमीलाई पिशाब फेर्ने ठाउँ कहाँ छ थाहा छ ?

बच्चाः थाहा छ ।

मान्छेः कहाँ छ भन त ।

बच्चा (कट्टु फुकाल्दै)ः यहाँ छ ।

………………………..

एउटा वृद्ध एउटा युवती सँग ठोक्कियो ।

वृद्धः सरी

युवतीः अन्धो छस् कि क्या हो, हेरेर हिड्नु पर्दैन ?

युवती हिंड्नलाई फर्केकी मात्र थिई, एउटा हेन्डसम केटो सँग फेरि ठोक्किई ।

केटोः सरी

युवतीः इट्स ओके त्यो देखेर वृद्धले भन्योः नानी, मेरो सरीको चैँ स्पेलिङ्ग मिस्टेक थियो कि क्या हो ?

Share This: