Friday, June 21st, 2019
संसारका अनौठो रुखहरु (रोचक)

संसारका अनौठो रुखहरु (रोचक)

वनजंगल तथा हाम्रो घर वरपर भएका रुख तथा बोट बिरुवाहरुको हाम्रो जीवनमा धेरै ठुलो महत्व रहेको छ । वास्तवमा भन्नु पर्दा यी रुख तथा बोटबिरुवा नहुने हो भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ । प्रकृतिको अमूल्य सृजना रुखहरु मध्ये केही रुखहरु यस्ता पनि छन् , जुन सामान्य रुखहरु भन्दा फरक तथा अनौठो छन् , जसको हामी छोटो जानकारी प्रस्तुत गर्न गइरहेका छौ ।

पात बिनाको रुख

वनस्पतिले यसको पातबाट खाना बनाउछ र सास फेर्छ भन्ने कुरा हामीलाई थाहा छ, । तर यस संसारमा पात बिनाको पनि रुख पाइन्छ । रस्को एक्युलेट्स भनेर चिनिने एकप्रकारको रुखको पात नै हुँदैन, तर यसको हाँगा नै पातको आकारमा बनिएको हुन्छ । यसको फुल पनि पात जस्तो हाँगाको बिचबाट निस्किन्छ ।

मानिसको आकृति जस्तै रुने रुख

अफ्रिकी देशहरूमा पाइने सेराङ्क नामको रुखको मानिस जस्तै आकृति हुन्छ । यस रुखको अर्को विशेषता के हो भने यसलाई काट्दा वा उखेल्दा मानिसले जस्तै आवाज निकालेर रुने गर्छ ।

दूध दिने रुख

दक्षिण अमेरिकाको भेनेजुएलामा पाइने म्याजिक ट्री नामक रुखले गाइभैसीले जस्तै दूध दिन्छ । यस रुखलाई दिनमा दुई पटक सम्म दुहुन सकिन्छ । साना हाँगालाई थोरै थोरै काट्दा दूध जस्तै चोप निस्किन्छ, जुन तताएर पिउदा गाइभैसीको दूध जस्तै मिठो र पौष्टीक हुन्छ । त्यसै गरी ब्राजिलको घना जङ्गलमा काउ ट्रि नामको रुख पाइन्छ, यसको हाँगामा दुलो पार्दा दूध निस्किन थाल्छ । जङ्गलका आदिवासीहरु त्यो दूध थापेर पिउने गर्छन् साथै त्यसमा जंगली औषधी मिसाई केही दिन सम्म सुरक्षित राख्छन् र आवश्यक परेको बेला पिउछन् ।

नुन दिने रुख

चीनको हिलोग जियाङग र जीलीन प्रान्तमा पाइने एक किसिमको रुखबाट एक प्रकारको धुलो निस्किन्छ । त्यो धुलो नुन जस्तै नुनिलो हुन्छ ।

उज्यालो दिने रुख

चीनको हुनान प्रान्तमा पाइने एक प्रकारको रुखको प्रत्येक हाँगाबाट उज्यालो निस्किन्छ । उक्त रुखको बोक्राको एक टुक्रा कोठामा राख्दा पनि कोठा उज्यालो हुन्छ । के कारणले उक्त रुखको हाँगा उज्यालो हुन्छ भन्ने कुरा हाल सम्म पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । सोम औषधी नामको यो रुख हिमाली क्षेत्र वरपर पाइन्छ, जसले रेडियम जस्तै उज्यालो प्रकाश दिन्छ । यस रुखमा शुक्ल पक्ष सुरु भए पछि एउटा एउटा गर्दै पातहरू थपिदै जान्छ । पूर्णिमा सम्ममा पातको सङ्ख्या १५ पुग्छ । यसरी नै कृष्णपक्ष सुरु भए पछि एउटा एउटा गर्दै पात झर्छ र औसीमा एउटा पनि पात रहदैन ।

सर्वत दिने रुख

अस्ट्रेलियाको क्विसल्याण्डमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यसको उचाइ १५ मिटर र मोटाई ८ मिटर छ । उक्त रुखको फेदमा काटेर हेर्दा सर्वत जस्तै मिठो स्वादिलो रस निस्किन्छ ।

कुरा गर्ने रुख

डेसियोडियम ड्राइक्वेट नामको रुखको पातबाट गर्मीमा मान्छेले कुरा गरे जस्तै आवाज निस्किन्छ । त्यसैले यसलाई कुरा गर्ने रुख भनिएको हो ।

खोक्रो रुख

अफ्रिकामा पाइने एण्डुसोनिया डिजीटोटा नामको रुख बिचमा खोक्रो हुन्छ । यसको जरा माटोमा सय मिटर मुनि सम्म गाडिएको हुन्छ । यो खोक्रो भएकाले यसमा पानी भरेर राख्न सकिन्छ । एउटा रुखमा पाँच हजार लिटर सम्म पानी अट्छ । यो पानी मरुभूमिका यात्रीहरुलाई बेच्ने गरिन्छ साथै यसको हाँगामा ठुलो ठुलो दुलो पारी मानिसहरूको लाश पनि राख्ने चलन छ । यसमा राखेको लाश कुनै औषधी बिना नै लामो समय सम्म जस्ताको जस्तै रहन्छ ।

पेट्रोल दिने रुख

ब्राजिलमा पाइने कोपिबिया नामको रुखबाट वर्षमा दुई पटक तेल झिक्न सकिन्छ । यसबाट एक पटकमा २५ लिटर सम्म तेल झिक्न सकिन्छ । त्यो तेल गाडीमा हाली कुदाउन सकिन्छ ।

पानी पार्ने रुख

उष्ण (गर्मी) क्षेत्रमा पाइने एउटा रुखलाई समानी समन भनिन्छ । यसलाई पानी पार्ने रुखको रूपमा चिनिन्छ । यसले दिउसो आफ्नो कोसामा पानी जम्मा पार्छ र राति घना वर्षा जस्तै गरी पानी पार्छ ।

हिड्ने रुख

अमेरिकामा पाइने मेलग्रोव रुख सयौ मिटर सम्म अग्लो हुन्छ, जुन बिस्तारै हजारौँ फिट पर सम्म पुग्ने गर्छ । त्यसै गरी मरुभूमि नजिक पाइने टम्पवल पिङ्स नामको बिरुवाले आफ्नो जरामा रहेको पानी खाई सके पछि आफै जरा निकाल्छ र हुरी बतास चल्दा त्यस सँगै उडेर नदी वा महासागरमा पुगी त्यहाँ जरा गाड्छ ।

गोली जस्तै पड्कीने रुख

मेक्सिकोमा पाइने एकप्रकारको रुखको फल पाके पछि जोड सँग पड्कीने गर्छ । यसले २० फिटको घेरा भित्र बसेका मान्छेलाई घाइते पनि बनाउन सक्छ ।

Share This: