Friday, June 21st, 2019
अबेरसम्म सुत्नुको बेफाइदा (स्वास्थ्य)

अबेरसम्म सुत्नुको बेफाइदा (स्वास्थ्य)

सुत्नु प्रकृतिको एउटा नियम हो । हरेक प्राणी आफ्नो समयमा सुत्ने तथा उठ्ने गर्छन् । सुते पछि दिमाग ताजा रहन्छ र शरीरमा दिनभर काम गर्ने शक्ति प्राप्त हुन्छ । यति मात्र होइन मस्त निदाए पछि मोटोपन, मधुमेह, हृदयरोग र समय अगावै मृत्युको खतरालाई टाल्न सकिन्छ । निन्द्रा नपुग्दा मश्तिष्कमा नराम्रो प्रभाव पर्छ तर धेरै बेर सम्म सुत्दा पनि शरीरमा नकारात्मक प्रभाव पर्ने गर्छ । यदि तपाईँ राति सुतेर बिहान अबेला मात्र उठ्नु हुन्छ भने तपाईँले आफ्नो व्यवाहारमा थुप्रै परिवर्तनहरु पाउनुहुनेछ । यसको सिधा असर हाम्रो दिमाग र हर्मोनहरुमा पर्ने गर्छ किनकि अबेर सम्म सुत्ने व्यक्तिको दिमागमा हुने सेतो पदार्थ सबैभन्दा खराब स्थितिमा हुन्छ । यदि तपाई तनावमा हुनुहुन्छ भने यसको कारण ढिलो सम्म सुत्नु पनि हुन सक्छ । त्यसैले बिहान चाडै उठ्ने आदत बनाउनु पर्छ किनकि यसबाट हामीले स्वस्थ वातावरण पाउछौ । बिहान न त वातावरण प्रदुषित हुन्छ न त होहल्ला नै हुन्छ । बिहान चाडै उठ्दा हामीले बल र बुद्धि दुवै प्राप्त गर्छौ ।

हरेक व्यक्तिले आठ घण्टा सम्म सुत्नु उपयुक्त हुन्छ । यसका लागि सधैँ अलार्म लगाएर सुत्नुहोस् र बेलैमा उठ्नुहोस् । यदि बढी सुत्नु हुन्छ भने यसबाट निम्न बेफाइदाहरु हुनेछन् ।

मोटोपन वृद्धि हुन्छ

मोटोपन र अबेर सम्म सुत्नुको बिचमा गहिरो सम्बन्ध हुन्छ । यदि तपाई निकै लामो समय सम्म सुत्नु हुन्छ भने तपाईको शरीर रेस्ट मोडमा हुन्छ । कम शारीरिक गतिविधिको अर्थ तपाईँको शरीरले कम केलोरी बर्न गर्नेछ, जसले तौल बढाउनेछ ।

डिप्रेशन

अबेर सम्म सुत्दा मश्तिष्कमा डोपामाइन र सेरोटोनिनको मात्रा कम हुनेछ । यसबाट तपाईँको मूड परिवर्तन भई रहनेछ र तपाईँको स्वाभाव चिडचिडे बन्दै जानेछ ।

मुटुको रोगको खतरा

जब हामी अबेला सम्म सुत्छौ, त्यसको सिधा खतरा हाम्रो मुटुमा पर्छ । यसबाट हामीलाई मुटुको रोग लाग्ने खतरा सामान्यलाई भन्दा बढी हुन्छ ।

ढाड दुख्ने समस्या

जब हामी ढिलो सम्म सुत्छौ ,प्रायः हाम्रो ढाड दुख्ने गर्छ किनकि ढिलो सम्म सुत्दा हाम्रो ढाड अररिन्छ र ढाड दुख्न थाल्छ । यसबाट हाम्रो शरीरमा रक्त सञ्चार पनि सुचारु हुन पाउदैन । त्यसैले हामीले सके सम्म चाडो ओछ्यान छोड्ने बानी गर्नुपर्छ ।

स्मरण शक्ति कमजोर हुनु

ढिलो सम्म सुत्दा हाम्रो दिमागमा गहिरो प्रभाव पर्छ । यसबाट हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ ।

मधुमेहको खतरामा वृद्धि

ढिलो सम्म सुत्दा शरीरमा शुगरको लेवल अनियन्त्रित हुन पुग्छ । यसबाट टाइप टु मधुमेहको खतरा बढेर जान्छ ।

कब्जियतको समस्या

जो व्यक्ति ढिलो सम्म सुत्छ, उसलाई सधैँ कब्जियतको समस्याले सताउने गर्छ । पेट ठिक राख्नका लागि आफ्नो शरीरलाई सक्रिय बनाउनु जरुरी हुन्छ ।

असमय मृत्यु

ढिलो सम्म सुत्दा चाडै मृत्यु हुन सक्छ । यो कुरा अनुसन्धानबाट प्रमाणित गर्न सकिन्छ । ती व्यक्ति जो कम सुत्छन् तथा ती व्यक्ति जो बढी सुत्छन् । उनीहरू चाडै मर्ने खतरा बढी हुन्छ । हरेक व्यक्तिले आठ घण्टा अनिवार्य सुत्नु पर्छ ।

टाउको दुख्ने समस्या

ढिलो सम्म सुत्दा टाउको दुख्ने गर्छ । यो मश्तिष्कमा न्यूरो ट्रान्समीटरमा उतार चढावका कारण हुन सक्छ । जसमा निदाएका बेला सेरोटोनिन बढ्न सक्छ र टाउको दुख्न थाल्छ ।

मश्तिष्कलाई बुढो बनाउछ

धेरै सुत्दा तपाईको मश्तिष्कको शक्ति प्रभावित हुन सक्छ किनकि यसले मश्तिष्कलाई उमेरको हिसाबले तीव्र रूपमा बुढो बनाउछ ।

Share This: