Friday, June 21st, 2019
कपालको लागि वरदान ‘मेथी’ (सौन्दर्य)

कपालको लागि वरदान ‘मेथी’ (सौन्दर्य)

मेथीको गुणका बारेमा प्रायः जसो सबैलाई थाहा छ । मेथी स्वास्थ्यका लागि मात्र होइन सौन्दर्यका लागि पनि उपयोगी छ । यदि तपाईको कपाल सम्बन्धी कुनै पनि समस्या छ भने मेथी उपयोग गर्न सक्नुहुन्छ । मेथीमा पाइने पोषक तत्वले कपाल बलियो बनाउनुका साथै बाक्लो पनि बनाउछ । यसका फाइदाहरू यस प्रकार छन् । मेथीको गुणका बारेमा प्रायः जसो सबैलाई थाहा छ । मेथी स्वास्थ्यका लागि मात्र होइन सौन्दर्यका लागि पनि उपयोगी छ । यदि तपाईको कपाल सम्बन्धी कुनै पनि समस्या छ भने मेथी उपयोग गर्न सक्नुहुन्छ । मेथीमा पाइने पोषक तत्वले कपाल बलियो बनाउनुका साथै बाक्लो पनि बनाउछ । यसका फाइदाहरू यस प्रकार छन् ।

मेथीमा पाइने पोषक तत्व यसमा प्रशस्त मात्रामा प्रोटीन पाइन्छ । जसले कपाल झरेर तालुखुइले हुनबाट रोक्छ । यसबाहेक यसमा पाइने पोटाशियमले समय अघि नै कपाल फुल्नबाट रोक्छ । यसै गरी यसमा पाइने लेसीथिनले कपालको जरा बलियो बनाउछ । कपाल बलियो र बाक्लो बनाउछ मेथीको दाना २४ घण्टा भिजाएर राख्नु होस् । अब यो निथारेर पानी निकाल्नुहोस् । अब यसै पानीले कपाल पखाल्नुहोस् । यो पानी लगभग ३ घण्टा कपालमा राख्नुहोस् । त्यसपछि मनतातो पानीले पखाल्नुहोस् । राम्रो परिणामका लागि दिनहुँ यो उपाय अपनाउनुहोस् ।

कपाल बढ्न मद्दत गर्छ

लामो कपाल पाउनका लागि मेथीको दाना पिसेर पेस्ट बनाउनुहोस् र त्यसमा नरिवलको दूध मिसाउनुहोस् । अब उक्त पेस्ट स्काल्पमा लगाउनुहोस् र आधा घण्टा पछि स्याम्पुले कपाल नुहाउनुहोस् ।

कपाल झर्न र टुक्रिन रोक्छ

दुई चम्चा मेथीको दाना नरिवलको तेल वा ओलिव ओइल मिसाउनुहोस् । उक्त पेस्ट त्यहाँ लगाउनुहोस् , जहाँबाट कपाल धेरै झर्छ । १० मिनेट पछि कपाल धुनुहोस् ।

चायाँ हटाउछ

केही मेथीको दाना पानीमा भिजाएर राख्नुहोस् । त्यसपछि त्यसको पेस्ट बनाई एक चम्चा कागतीको रस राम्रो सँग मिसाउनुहोस् । हप्तामा ३ पटक यो उपाय अपनाउदा चायाँबाट छुट्कारा मिल्नेछ ।

उपयुक्त कंडिश्नर

८–१० ग्राम मेथीको दाना लिई पिसेर मसिनो पेस्ट बनाउनुहोस् । अब उक्त पेस्ट कपाल तथा स्काल्पमा हेयर प्याकको रूपमा लगाउनुहोस् । सुके पछि कपाल राम्ररी पखाल्नुहोस् । यसो गर्दा कपाल नरम र सिल्की हुँदै जानेछ ।

टाउकोको अतिरिक्त तेल हटाउछ

मेथीको दानामा प्राकृतिक मोइश्चर हुनुका साथै यसले टाउकोको अतिरिक्त तेल पनि हटाउछ । यसका लागि २, ३ चम्चा मेथीको पाउडरमा १–२ चम्चा एप्पल साइडर भिनेगर मिसाई पेस्ट बनाउनुहोस् । अब औलाको मद्धतले टाउकोमा दल्नुहोस् र १२ मिनेट पछि पखाल्नुहोस् ।

कपाल सिधा बनाउछ

कपाल हरेक महिलाको सौन्दर्यको प्रतीक हो । यसको थप सुन्दरताका लागि ४ टेबल स्पुन मेथी भिजाएर पेस्ट बनाउनुहोस् । त्यसमा नरिवलको दूध मिसाई स्काल्प तथा कपालमा लगाउनुहोस् । त्यसपछि शावर क्याप वा टावेलले छोपेर राख्नुहोस् र केही बेर पछि पखाल्नुहोस् ।

कपाल चिलाउने समस्या हटाउछ

एक कप पानीमा मेथी भिजाई भोलि पल्ट पेस्ट बनाउनुहोस् । अब यसमा अण्डाको सेतो भाग मिसाई उक्त पेस्ट कपालमा लगाई ३० मिनेटका लागि छोडी दिनुहोस् । त्यसपछि स्याम्पुले पखाल्नुहोस् । यसले कपाल चिलाउने समस्याबाट बचाउँछ ।

Share This: