Wednesday, August 21st, 2019
प्रेम, धन र सफलता (प्रेरक कथा)

प्रेम, धन र सफलता (प्रेरक कथा)

एकपटक तीन जना साधुहरु एउटा घरको ढोकामा आई उभिए । त्यस घरकी महिलाले सोधिन् ‘तपाईहरु किन आउनु भएको थियो कुन्नि ? साधुहरुले भने ‘हामी खाना खान चाहन्छौ ? महिला ‘ठीकै छ भित्रै आउनुहोस् न ।’ त्यसपछि साधुहरुले भने तिम्रो श्रीमान भित्रै हुनुहुन्छ । ‘अहँ ! वहाँ अहिले घर बाहिर निस्किनु भएको छ ।’ महिलाले भनिन् । ‘त्यसो भए हामी भित्र पस्न सक्दैनौ ? तिनैजनाले एकै स्वरमा भने । केहिवेर पछि महिलाको श्रीमान घर फर्के । महिलाले श्रीमानलाई सबै कुरा सुनाइन् । श्रीमानले तुरुन्त साधुहरुलाई भित्र बोलाउन भने । महिलाले त्यसै गरीन् । उनी साधुहरु नजिक गईन् र भनिन् , ‘महात्माहरु मेरा श्रीमान आउनु भयो घर भित्र जाउँ ।’ त्यसपछि साधुहरुले भने ‘हामी तिनैजना एकैपटक जान सक्दैनौ ।’ महिलाले अचम्म मान्दै सोधिन् ,‘किन ?’ जवाफमा बिचमा उभिएका साधुले भने ‘पुत्री मेरो दायाँ तिर उभिएका साधुको नाम धन र बायाँ तिर उभेका साधुको नाम सफलता हो र मेरो नाम प्रेम हो । अब जाउ, तिम्रो श्रीमान सँग सल्लाह गर कि तिमी हामी तीन मध्ये कसलाई बोलाउन चाहन्छौ ।’ त्यो सुनेर महिला भित्र पसिन् र श्रीमानलाई सबै कुरा भनिन् । महिलाको कुरा सुनी श्रीमान अत्यन्त खुशी भयो र भन्यो ‘त्यसो भए धनलाई बोलाउ । तर महिलाले भनिन् हैन सफलतालाई बोलाउ किनकी सफलता आई सकेपछि हामीले गरेको सबै काम सफल हुनेछ र हामी आफैले धन कमाउनेछौ र कहिले पनि धनको कमि हुने छैन । श्रीमानले भन्यो । तिम्रो कुरा पनि सहि हो तर सफलताका लागि संघर्ष गर्नुपर्छ र धन आफै आउँछ भने त्यसका लागि संघर्ष गर्नुपर्दैन ।’ निकैबेर सम्म श्रीमान श्रीमती बिच विवाद भयो र अन्त्यमा उनीहरुले निर्णय गरे कि धन र सफलता मध्ये जो भित्र आउन चाहन्छ, उ नै आउन सक्छ । महिलाले त्यहि कुरा साधुहरुलाई सुनाइन् । महिलाको कुरा सुनी साधुहरु फरक्क फर्के । त्यो देखि महिलाले रोक्दै भनिन् ‘तपाईहरु कहाँ हिड्नु भएको ?’ ‘पुत्री जुन घरमा प्रेमलाई पहिला भित्र बोलाइन्छ, त्यहाँ हामी सबै पालो पालो गरी पस्छौ । यति कुरा स्मरणमा राख्नु कि जहाँ प्रेम छ, त्यहाँ धन र सफलताको कुनै काम हुँदैन ।’ त्यति भनि साधुहरु त्यहाँबाट हिडे ।

Share This: