Wednesday, August 21st, 2019
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

सहज वातावरण मै रहेर तपाईँले आफ्नो जीवनलाई कहिल्यै परिवर्तन गर्न सक्नुहुन्न । केही गर्नको लागि तपाई त्यो सहजताको क्षेत्रबाट बाहिर निस्किन जरुरी छ ।

रोऊ, माफी देऊ, सिक र अगाडी बढ । तिम्रो अहिलेको आँसुले भविष्यको खुसीको बिऊलाई सिंचाई गर ।

तिमी भारीको तौलले थाक्दैनौ, तिमीले त्यो भारी कसरी बोकेको छौ, त्यही अनुसार थाक्छौ ।

‘डर’ केही नगरी बसेको बेलामा उत्पन्न हुन्छ । जब काम गर्न थाल्छौ, ‘डर’ हराउँछ ।

धेरै राम्रो गर्नको लागि केही गलत गरेको अनुभवको पनि जरुरत हुन्छ ।

नयाँ लक्ष्य लिनु होस् वा नयाँ सपना देख्न, मानिस कहिल्यै बुढो हुँदैन ।

यहाँ केही पनि अँध्यारो छैन । यहाँ केवल अस्वीकृति र बेवास्ता छ ।

रित्तो गमलाले ठुलो आवाज निकाल्छ ।

 

Share This: