Wednesday, August 21st, 2019
खेलकूद विशेष

खेलकूद विशेष

– अस्ट्रेलियाको घरेलु लिग बिग ब्याश आउँदो १४ डिसेम्बरदेखि सुरु हुने भएको छ । सेन्सर जोडिएको ब्याटको प्रयोग भइसकेको अब टी २० क्रिकेटमा अबको बिग ब्याश लिगबाट बलमा समेत ‘माइक्रोचिप’ जडान गरिने भएको छ ।

– एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण फागुन १७ देखि चैत १ ९फेब्रुअरी १९ देखि मार्च ४० सम्म हुने भएको छ । यसपालि पनि प्रतियोगिता तीन शनिबार आयोजना हुनेछ ।

– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७६र७७ का लागि प्राप्त बजेट खर्च प्रक्रिया भदौदेखि नै सुरु गर्ने भएको छ ।

– मार्कुस रासफोर्डको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले फ्र्रान्क लाम्पार्डले सम्हालेको पहिलो खेलमै चेल्सीलाई ४–० ले हराएर आइतबार प्रिमियर लिगमा उत्कृष्ट सुरुआत गरेको छ ।

– प्रदेश लेखा समितिले मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगितामा अनियमितता भएको आशंकामा छानविन तीव्र बनाएको छ । असार अन्तिम साता सम्पन्न लिगमा आर्थिक अनियमितता भएको उजुरी परेपछि प्रदेश १ को सार्वजनिक लेखा समितिले छानविन थालेको हो ।

– लिभरपुलका गोलकिपर एलिसन बेकर केही साता मैदान बाहिर रहने भएका छन् । नयाँ सिजनअन्तर्गत शनिबार नर्विच सिटीविरुद्ध भएको खेलमा उनी चोटग्रष्त हुन पुगेका थिए ।

– युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले अस्वीकार गरेको छ ।

Share This: