Wednesday, August 21st, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि संघीय संसद्ले त्यसको खरिद प्रक्रियाका विषयमा छानबिन थालेको छ ।

– बजेट पारित नगरी खर्च गरिरहेका गाउँ तथा नगरपालिकालाई कुनै पनि सुविधा नदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालय र वित्त आयोगलाई परिपत्र गरेको छ ।

– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्रमा रहने नागरिकहरूको वैयक्तिक विवरण गोप्य राख्ने व्यवस्था विधेयकमा गर्ने विषयमा सहमति जुटेको छ ।

– प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएका उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताए ।

– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच सोमबार ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ ।

– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।

– लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

– राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष बिभिन्न चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । प्रमाणपत्र पेश गर्नेहरुमा रसियाका आवासीय राजदूत एलेक्सी ए नोविकोभ, लक्जेम्वर्गका गैरआवासीय राजदूत जेन क्लाउड कगनेर, गणतन्त्र लिथुआनियाका गैरआवासीय जुलियस प्राणिभिकस र कुवेतका गैरआवासीय राजदूत जसेम इब्राहिम जे।एम। अल्नाजेम रहेका छन् ।

– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले उहाँका छोरा प्रकाशका नाममा अरबौँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिनुभएको छ । विज्ञप्ति निकालेर छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न उहाँ केही दिनअघि दुबई गएको भन्ने कुराको भत्र्सना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो ।

– मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले आगामी उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’का नाममा भाग लिएको वैद्य माओवादीले उपचुनाव भने बहिष्कारको निर्णय लिएको हो।

– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमालाई सबै जिल्लामा विस्तार गर्न निर्देशन दिएका छन्।

– नेपाल प्रहरीका सेवानिवृत्त उच्च अधिकारीका घरमा सुरक्षाकर्मी राखेको विषयमा गृह मन्त्रालयले आवश्यक छानबिन सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले आन्तरिक निर्देशिका बनाएर धमाधम पूर्व उच्च प्रहरी अधिकारीलाई सुरक्षाकर्मी दिनु कानुनविपरीत रहेको ठम्याइ गृहको छ।

– प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघको हुने कि प्रदेशको भन्नेमा सरकार र सांसदबीच मत बाझिएको छ । मंगलबारको राज्यव्यवस्था समितिको बैठकमा मत बाझिएको हो ।

Share This: