Wednesday, August 21st, 2019
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– भारु तीन सय करोड खर्चिएर बनाइएको, त्यसमा पनि निर्माणकै लागि दुई बर्ष लगाइएको फिल्म हो, साहोको ट्रेलर सार्वजनिक भएको छ । उक्त एक्सन प्याक्ड टे्रलरमा अभिनेता प्रभासलाई डरलाग्दो स्टन्ट दृष्यमा देख्न सकिन्छ । फिल्ममा हलिउडलाई समेत टक्कर दिने शैलीको भिएफएक्स देख्न सकिन्छ ।

– चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर दिएका छन् । भिडियोमा गायकद्धय कालीप्रसाद र अनुपम फिचर छन् ।

– नायक अनमोल केसीको नयाँ चलचित्रको नाम सार्वजनिक भएको छ । चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन दशैंपछि सुरु हुनेछ । चलचित्रमा नायक भूवन केसी खलपात्रको भूमिकामा देखिदैछन् ।

– शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साइनो करोड क्लबमा पुग्न लागेको छ। तीन दिनको व्यापारले यो संकेत गरेको हो। फिल्म वितरक ब्यांकेटसका अनुसार साइनोले तीन दिनमा देशभरबाट ७० लाखको हाराहारी कलेक्सन गरेको छ।

– सौन्दर्य प्रतियोगिता, मिस नेपाल यूएसको सातौं संस्करण आगामी अक्टोबरमा हुँदैछ । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना आगामी अक्टोबर १२ तारिखका दिन प्रतियोगिता हुन लागेको हो । विजेताले नगद ५ हजार डलरसहित विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

– राजीवजंग बस्नेत एक्सन प्रधान चलचित्र मिस्टर बद्रीबहादुरमार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन्। उनी मार्सल आर्टका खेलाडी पनि हुन्। तेक्वान्दो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेम खेलिसकेका छन्।

– बलिउडमा नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा सुरु हुन थालेको छ । तर, सारा र कार्तिक एक अर्कालाई नजिकको साथी मान्छन् । चलचित्र ‘कुल्ली नम्बर १’को छायांकनका क्रममा थाइल्याण्डमा रहेकी साराको जन्मदिन सेलिव्रशन गर्न कार्तिक बैंकक पुगेका छन् ।

Share This: