Wednesday, August 21st, 2019
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

– जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।

– भारतबाट आयात हुने आलुमा अत्यधिक विषादी पाइएको छ । सुनसरीको भन्टाबारी भन्सार कार्यालय भएर आएको आलुमा अत्यधिक विषादी पाइएको हो । त्यस्तो आलु आयातमा रोक लगाई क्वारेन्टाइनको निगरानीमा राखिएको छ ।

– काठमाडौंमा विस्तार भइरहेका सडकलाई यथास्थितिमै कालोपत्रे गर्न प्रस्ताव गरिएको छ । मुआब्जा वितरण गर्न नसकिने भएपछि विवादित सडकहरुलाई टुंगो लगाउन काठमाडौं सडक विस्तार आयोजनाले यस्तो प्रस्ताव गरेको हो ।

– अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तर्गत दिने ५० करोड अमेरिकी डलरको ५ वर्षे कार्यान्वयन आगामी असार १६ गतेदेखि सुरु हुने घोषणा भइसकेको छ  ।

– गएको ११ महिनामा विदेशमा अध्ययनकै लागि करिब ४१ अर्ब बाहिरिएको सरकारी तथ्यांक छ  । गत आर्थिक वर्षको साउनदेखि जेठसम्म विभिन्न अध्ययनका लागि उक्त रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ  ।

– सिक्का प्रयोगमा कमी आएपछि रूपन्देहीका मठमन्दिरमा थुप्रो लागेको छ । मन्दिर सञ्चालकले भक्तजनले चढाएका सिक्का बोरामा हालेर चाङ लगाएका छन् । यस्ता सिक्का व्यापारीले लिन छाडेपछि थुप्रिएका हुन् । स्थानीय बैंकले पनि साट्न छाडेका छन् ।

– विगतमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी सञ्चालनमा रहेका ठूला तथा तारे होटलहरु धमाधम इआइए प्रक्रियामा आउन थालेका छन् । पर्यटन विभागका अनुसार अहिले अधिकांश पाँचतारे होटल वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रियामा आइसकेका छन् ।

– सरकारले एकै वर्षमा विभिन्न शीर्षकमा राष्ट्रियस्तरका ७ वटा सर्वेक्षण गर्ने भएको छ । योजना तथा तथ्यांकका लागि मात्र सरकारले १ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

– मंगलबार कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । बहराइन दिनारको भाउ भने केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर छ ।

– सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकोछ ।

– व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेनको सडक विस्तार आयोजनाको काम वर्षाको कारण देखाउँदै पुनः रोकिएको छ ।

Share This: