Wednesday, August 21st, 2019
चुट्कीला

चुट्कीला

एउटा रुखमा उल्लु बस्ने गर्दो रहेछ, एक दिन रुख काटिदिएछन् अब म माथि उल्लु बस्न नपाउने भो भनेर रुख खुसी भयो, तर उसको खुसी केही दिन मै चकनाचुर भयो किनकि त्यो रुखलाई काटेर त्यो काठ नेपाली प्रधान मन्त्रीको कुर्सी बनाइदिएछन् । इतिहास साक्षी छन् , जहिले पनि त्यो कुर्सीमा उल्लु नै बस्छन् भनेर…..

……………………..

शेरे र शेरेको बुढी फिल्म हलमा हुन्छन् ।

बुढीः हेर्नुस न, पछाडिको मान्छेले मलाई हात हाल्दै छ ।

शेरेः (हाँस्दै) हाल्न देऊ, तिमी चिन्ता नगर । त्यसलाई के थाहा पर्स म सँग छ भनेर ।

…………………….

एउटा दैत्य आफ्नो छोरालाई लिएर एक रात सिकार खेल्न गएछ । जादाजादै बाटोमा एउटा गाउँमा दुब्ली पातली युवती देखेपछी छोराले भनेछ ।

छोराः बा ! आज यसलाई खादा हुन्न र ?

दैत्यः होइन छोरा ! यो सारै पातली छे, यसले हामीलाई पुग्दैन । छोडिदेउ…..

फेरि हिड्दै जाँदा बाटोमा एउटा मोटी युवती भेटेछन् ।

छोराः बा ! अब यसलाई खाउ है त ?

दैत्यः हैन छोरा ! यो धेरै मोटी छे, बोसोले असर गर्छ अर्कै खोजौ….

फेरि हिड्दै जाँदा एउटी असाध्यै राम्री जिउडाल भएकी अत्याकर्षक नव यौवना सुन्दरीलाई देखेपछि

छोराः बा ! यो त एकदमै फिट छ । यसलाई खाउ है त ?

दैत्यः हैन छोरा यसलाई घरमा लिएर जाऊ, अनि तेरो आमालाई चाहिँ खाउ….

………………………..

एउटा धनी बाउको छोरीलाई परीक्षामा गरिब परिवारको बारेमा निबन्ध लेख्नु पर्ने भयो । निबन्ध यस्तो थियो, जसमा आमा बुबा अनि छोरा छोरी पनि गरिब थिए । परिवारमा चार जना
नोकरहरु थिए र तिनीहरू पनि गरिब थिए । कार नि थोत्रो थियो ! अनि त्यो कारमा उनीहरूको एउटा गरिब ड्राइभरले बच्चाहरूलाई स्कुल लान्थ्यो । बच्चाहरुसँग पुरानो आईफोन र ल्यापटप
थियो । गरिब बच्चाहरू हप्तामा दुइ दिन मात्र होटलमा खाना खान जान्थे । घरमा पुरानो टिभी थियो । पुरानो एसी पनि थियो । स्विमिंग पूलमा पनि लेऊ लागेको थियो । पैसाको कमीले गर्दा पछिल्लो छुट्टीमा जम्मा १५ दिनको लागि मात्र सिगांपुर घुमेर आए बच्चाहरू । पछिल्लो पल्ट आमाको बर्थ डे मा छ लाख को मात्र हार बुबाले दिनुभयो र सारा परिवार धेरै मुस्किलले एसो आराम गर्थे ।

………………………..

एउटी केटीले आफ्नो ब्वायफ्रेन्डलाई फोन गरिछे तर फोन केटाको भतिजाले उठायो ।

केटीः (मायालु पारा मा) बाबु फोन लगेर अंकल लाई देऊ न ल ।

फुच्चेः हुन्छ, तर….. कसले फोन गरेको भन्दिनु त ?

केटीः अंकल लाई तपाईकी डार्लिङ अनि मेरी आन्टीले फोन गर्दै हुनुहुन्छ भन है

फुच्चेः तर…. यहाँ त माल नम्बर ३ भनेर नाम सेभ छ है ।

…………………….

एक दिन छोरा घरमा अलिक ढिलो आएछ ।

आमाः कहाँ गएको थिइस् , यती बेला सम्म ?

छोराः इमोशनल फिल्म हेर्न गएको थिए ‘‘आमाको माया’’ भन्ने

आमाः अब भित्र जा अनि एक्शन फिल्म हेर बुवा सँग

Share This: