Wednesday, August 21st, 2019
राजनीतिमा आज

राजनीतिमा आज

– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ ।

– कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् ।

– विधेयकमा प्रदेश प्रहरी प्रमुखको नियुक्तिमा प्रदेश सरकारको भूमिकालाई बेवास्ता गरिएको छ । प्रतिनिधिसभाले पारित गरेको प्रदेश प्रहरीको मापदण्डसम्बन्धी विधेयकमा प्रदेश प्रमुखको नियुक्तिको सम्पूर्ण अधिकार संघ ९केन्द्र० सरकारलाई छ । यसमा प्रदेश सरकारहरूले असन्तुष्टि जनाएका छन् ।

– संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरूलाई किनेका ११ वटा नयाँ स्कर्पियो गाडी १ महिनामै बिग्रिएको बारे छानबिन गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् । छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि वस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ ।

– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो ।

– एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो ।

– बिहीबार स्थगित भएको नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली बिरामी परेका कारण बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

– राष्ट्रिय परिचयपत्रमा रहेको व्यक्तिगत विवरण सार्वजनिक सेवा प्रदान गर्ने गैरसरकारी निकायहरूले समेत उपयोग गर्न सक्ने प्रावधान सहित कानुन बन्ने भएको छ ।

Share This: