Wednesday, August 21st, 2019
खेलकूद विशेष

खेलकूद विशेष

– आईसीसी क्रिकेट विश्वकप ‘लिग ट’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ ।

– विश्व नम्बर एक नोभाक जोकोभिच सिनसिनाटी मास्टर्स टेनिसको क्वार्टरफाइनलमा पुगेका छन् ।

– शुक्रबारदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ । पहिलो दिन शुक्रबार डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो
खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ ।

– मोसिट ओजिल र सिड कोलासिनाच खेल्नका लागि तयार रहेको आर्सनलका प्रशिक्षक उनाई इमरीले बताएका छन् । प्रशिक्षक इमरीले शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडीले खेल्ने बताएका छन् ।

– न्युजिल्यान्डका पूर्वक्रिकेटर ब्रेन्डन म्याकुलम इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकत्ता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

– अफगानिस्तानसँगको दोस्रो मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पनि नेपालले रोमाञ्चत जीत हासिल गरेको छ । नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

– विराट कोहलीले स्तरीय प्रदर्शन गर्दै क्रिस गेललाई ओझेलमा पारेपछि भारतले वर्षाद्वारा प्रभावित एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।

– चीनको छिङताउमा भएको गोथाइ कप फुटबलमा नेपालले समूह चरणमा निराशाजनक प्रदर्शन गरेको छ । नेपालले खेलेका चारमध्ये एकमात्रै जित हासिल गरेको छ ।

– चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा इलामको रेडहर्स क्लबले विजयी सुरुआत गरेको छ । बिहीबार उद्घाटन खेलमा ताप्लेजुङको पोमुकेछाङ स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्यो ।

– भारतीय पूर्व क्रिकेटर भीबी चन्द्रशेखरको निधन भएको छ । बिहीबार चेन्नईमा रहेको घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । भीबी चन्द्रशेखरको आर्थिक संकट तमिलनाडु प्रिमियर लिगको टिम ‘भीबी काँची वीरन्स’सँग जोडिएको हुन सक्ने प्रहरीले बताएको छ ।

Share This: